मोटोपन भएका कारण हेला गर्ने समाज अहिले सम्मान गर्ने भएको छ —अमनाथ बराल

7
SHARES
15
VIEWS

कालीकोट । सबै भन्दा बढि तौल भएका कालीकोट रास्कोटका अमनाथ बराल गाउँमा रमाउने एक कृषक हुन । उनि जिल्लाका सबै भन्दा बढि तौल भएका व्यक्ति हुन । जवानि अवस्थामा एक कुयन्टल ४५ केजि तौल रहेका बराल अहिले भने एक कुयन्टल मात्र रहेका छन ।

उनले २०५१ सालमा अण्डर एसएलसि गरेर १८ पटक लोकसेवामा परिक्षा दिएर असफल भएपछि व्यवसायमा लागेको बताउने बराल आफुलाई गाउँमा मोटो पनका कारण अपहेलना गर्न थालेपछि गाउँबाट बाहिरिन परेको पिडा सुनाउदै कैलालिको चिसापानिमा खुद्रा व्यवसाय शुरु गरेको बताए । त्यति गरेर पनि नभएपछि भारतमा गएर नेपालि दाजु भाइहरुलाई भेटेर दिन विताउने काम गरे । उनले भने काम त गरिएन तर भारतका विभिन्न ठाउँमा घुम्ने काम भने गरेर फर्किएको हुं ।

लामो समय सम्म विवाह गर्न सक्ने क्षमता पनि नभएको र गरिखान नसक्ने बताएका छिमेकीहरुलाई उनले चक्मा देखाइदिएका छन ।लामो समय जिल्ला बाहिर बसेका बराल २०६४ सालमा हालको सान्नित्रिवेणिको वडा न. १ लुसाबाट विवाह बन्धनमा बाधिएका थिए । हाल एक छोरा र तिन छोरीका बाबु बनेको बरालले गाउँमा खुद्रा पसल संचालन गरेका छन भने नवज्योति वालविकास केन्द्रमा पढाउने काम गर्दै आएका छन ।

जिवनमा धेरै कमाई गरियो यस्तो जिवन होला भनेर सोचिएन जति कमाइ गरियो सबै उडाउने काम भएको स्मरण गर्र्दै अब छोरा छोरीको राम्रो शिक्षा दिएर गाउँमा पक्कि घर बनाएर जिवन भर गाउँमा अर्गानिक खाना खाएर बस्ने सोच बनाएको बरालले बताए ।
जिल्ला सदरमुकाम जानका लागि ३ दिन लगाउने बराल अहिले भने एकै दिनमा पुग्ने सक्ने भएको बताएका छन ।

आफु फरक क्षमता भएको भएपनि कसैले चासो नदिएको उनको बुझाइ रहेको छ । विभिन्न राजनैतिक दलहरुका नेता संग भेटघाट गरेका बरालले राजा महेन्द्र जिल्लामा आउदा सबै भन्दा बढि तौलमा पहिलो भएको बताउदै नेताहरुका कारण आफुले सम्मान हुने अवसर नपाएको गुनासो गरे । अहिले पनि उनिमा नेताका पछि लागेर जागिर नखानेमा आफु रहेकाले जागिर नपाएको उनको बुझाइ छ ।
अहिले आफुले गाउँमा बालवालिकाहरुलाई पढाउने काम गर्नुका साथै घरमा खुद्रा व्यापार समेत गरेकाले आफु शन्तोषजनक रहेको अमनाथ बरालको ठम्याई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित