कालीकोट । जिलाको तिलागुफा नगरको नाग्ममा गएको पहिरोमा ज्यान गुमाएका मृतकका आफन्तलाइ हिमचुली कृषि सहकारी सस्था लिले नगद राहत सहयोग गरेको छ । गएको भाद्र १४ गतेका दिन नाग्ममा पहिराेका कारण ज्यान गुमाएका तिलागुफा १ निवासी मृतक मनबिर कटुवालको आफन्तलाई रु १० हजार राहत स्वरुप सहयोग गरिएको बताइएको छ । अन्य मृतकलाइ राहत सहयोग गर्ने बताइएको छ । नाग्म पहिरोमा १० जनाको ज्यान गएको थियो ।
त्यसै गरी तिलागुफा १ निवासी सदस्य केल्शाेभा वाेगटीकाे छाेरी सावित्री वाेगटीलाई ( रुखबाट लडेर खुट्टा भाचिएकाेले उपचार स्वरुप २ हजार राहत वितरण गरिएको सेवा कार्यलय ब्यबस्थापक गजेन्द्र शाहिले बताए ।उनका अनुसार अन्य मृतकका आफन्तलाइ मङ्गलबार राहत बितरण गरिने छ ।
यस अघि नरहरिनाथ,महाबै र रास्कोटमा बाढिपहिरोका कारण ज्यान गुमाएका र घर भत्केका सदस्यहरुलाइ राहत बितरण गरेको बताएको छ ।
Discussion about this post