बिप्लव निकट नेकपा द्वारा बाढिपहिरो पिडितलाइ राहत बितरण

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाका विभिन्न क्षेत्रमा बिप्लव नेतृत्वको नेकपाले बाढी पहिरो पिडितलाइ चामल बितरण गरेको छ ।

बिप्लव नेतृत्वको  नेकपाका जिल्ला इन्चार्ज कर्ण भण्डारी (बिराट),जिल्ला सेक्रेटरी मनिलाल ऐडि ( रणदिप)को उपस्थितिमा बाढी पहिरो पिडितलाइ वर्गीकरण गरि मसिनो चामल बितरण गरिएको सेक्रेटरी ऐडिले बताए ।उनका अनुसार पार्टीको संरचना अनुसार एरिया नम्बर ३ को बदालकोट,राम्नाकोट लगाएतका क्षेत्रमा बितरण गरिएको र बाकी अन्य एरियाहरुमा राहत बितरण गरिने बताइएको छ ।

एरिया नम्बर १ मा ३२ जना,३ मा ३८ जना र ४ मा २० जना गरी जम्मा ८० जनालाइ चामल दिएको बताइएको छ ।

नेकपा कालीकोटका अनुसार भेरी कर्नाली ब्युरोको सहयोग का साथै विभिन्न निकायको सहयोगमा राहत बितरण गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित