तोलपाटाका ऐन संज्याल केरा व्यवसायबाट आत्मनिर्भर बन्दै

7
SHARES
15
VIEWS

कालीकोट । सान्नित्रिवेणि गाउँ पालिकाका एक कृषकले नमुना केरा फार्म संचालन गरेर वार्षिक १ लाख ५० हजार आम्दानि लिन सफल भएका छन । उनले पहिले कमाई नगरेको भएपनि क्रमस आम्दानि लिन थालेको बताएका छन ।

सान्नित्रिवेणि गाउँ पालिका वडा न. १ रकु तोलपाटाका कृषक ऐन संज्यालले एक हजार ३ सय बढि हेक्टर क्षेत्रफल भएको जमिनमा लगाइएको केरा खेति फस्टाउन थालेको छ ।७ वर्ष अघि सामान्य खेति गर्दै आएका कृषक संज्यालले भारतको मुम्वई देखि केराको विज ल्याएर शुरु गरिएको केरा खेति अहिले व्यापक मात्रामा बढाउन सफल भएका छन । हिंउदे तथा वर्षे वालिबाट हुने कमाइ भन्दा केरा खेतिबाट दोब्बर आम्दानि हुने गरेको संज्यालले बताएका छन ।

उनका अनुसार पहिले पहिले आफुलाई मकै फल्ने खेतवारीमा केरा लगाए पछि स्थानियले बेग्लै ढंगले बुझाइ गरेको भएपनि अहिले महिनामा राम्रो कमाई हुन थालेपछि सबैले सोही अनुसार केरा खेति गर्न थालेको छन ।

आफु लगाएतका चार दाजु भाईले अन्नवालि फल्ने खेतबारीमा केरा खेति गरेको बताउदै आफुले् एक वर्ष अघि प्रवेश केरा फार्म समेत दर्ता गरेको बताए । आफुलाई केरा खेतिका लागि कुनै पनि पक्षबाट सहयोग नभएको उनको भनाई रहेको छ ।

कृषक ऐन संज्याल लामो समय भारतको मुम्बैमा बस्दै आएका थिए । उनले भारतमा बसेर पसिना बगाउनु भन्दा आफैले खेतबारीमा सुन फलाउन सक्ने हिम्मत गरेको बताए । यस पछि आफुले सो जमिनमा अंगुर,अम्बा तथा नास्पति लगाएतका फलफुल खेति गर्ने तयारी गरेको बताएका छन ।

सबैलाई स्थानिय जातको केराबाट राम्रो कमाई हुनु र व्यवसायिक रुपमा सफल कृषक हुने उनको सोच रहेको छ । अहिले सबै जमिनमा केरा खेति गर्नुका साथै बाख्रा पालन समेत गर्ने उनको लक्ष्य रहेको छ ।
कालीकोट जिल्लाको पिलिमा अन्नवालि लगाउने १ हजार ४ सय हेक्टर क्षेत्रफलमा सयौं विरुवा लगाएर रज बहादुर मल्लले नर्सरीको स्थापना गरेका छन ।

पछिल्लो समयमा जिल्लामा दर्जर्नौ कृषकहरुले फलफुल तथा तरकारी र कुखुरा तथा बाख्रा पालनमा व्यवसायि ढंगले जोड दिन थालेका छन ।

सान्नित्रिवेणि गाउँ पालिका प्रवक्ता तथा वडा न. १ का वडाध्याक्ष भरत बहादुर विक(आकाश)ले नमुना केरा व्यवसाय गरेकाले ऐन संज्याललाई वडा र गाउँ पालिकाबाट आवश्याक सहयोग गरिने बताएका छन ।उनले भने यस अघि तिन सय मिटर पाइप मात्र दिएका छौं चाुल आर्थिक वर्षमा कृषि सामाग्रि लगाएतको सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित