सुर्खेत । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका ६ स्थित पञ्चकोशी होटलबाट २ थान दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दैलेख नौमुले गाउँपालिका २ बस्ने २६ वर्षीय मनोज बिक समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उक्त होटेलमा रेडपाण्डाको छालाको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनीहरुलाई उक्त छाला र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Discussion about this post