संचारविहीन स्थानीय सरकार : ४० गाउँपालिकामा अझै पुगेन टेलिफोन र इन्टरनेट

7
SHARES
15
VIEWS

काठमाडौं । देशभरका ४० गाउँपालिकाको केन्द्रमा अझै टेलिफोन र इन्टरनेट सुविधा पुग्न सकेको छैन। गाउँपालिका राष्ट्रिय महासंघका अनुसार देशभरका ४६० गाउँपालिकामध्ये ४० गाउँपालिकाको केन्द्रमा टेलिफोन र इन्टरनेटको सुविधा नहुँदा कामकाजमै समस्या हुने गरेको छ।

महासंघका अनुसार प्रदेश-१ को माथिल्लो संखुवासभा, उदयपुर र खोटाङको सुनकोशी क्षेत्र, बागमती प्रदेशको दक्षिणी ललितपुर र काभ्रेको डाँडापारी क्षेत्र, गण्डकी प्रदेशको पश्चिमी बाग्लुङ र उत्तरी गोरखा क्षेत्रका गाउँपालिकाहरूको केन्द्रमा समेत टेलिफोन सेवा र इन्टरनेट सेवा पुगेको छैन।

त्यस्तै, लुम्बिनी प्रदेशका रुकुम र पश्चिमी रोल्पा, कर्णाली प्रदेशको जाजरकोट र डोल्पा, सुदूरपश्चिमका बझाङ, दार्चुला र बाजुरा क्षेत्रका गरी ४० गाउँपालिकाको केन्द्रमा टेलिफोन र इन्टरनेटको पहुँच नभएको महासंघले जनाएको छ।

महासंघले ती गाउँपालिका केन्द्र र आसपासका बस्तीलाई सेवा पुग्ने गरी नेपाल टेलिकमको टावर स्थापना गर्न संघीय सरकारलाई बारम्बार भन्दै आएपनि अहिलेसम्म नभएको महासचिव बन्सलाल तामाङले बताए।

“मन्त्रालयले बजेटदेखि विभिन्न कुराहरू अनलाइनमा पोस्ट गर्नुपर्ने गरी फर्म्याट बनाएको छ तर इन्टरनेट नहुँदा गर्नै सकिँदैन। टाढाबाट वाइफाइ तानेर लग्यो, त्यसले कहिलेकाहीँ मात्र गर्छ, काम पूरा नै गर्न हुँदैन”, उनले भने।
pr

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित