कालीकोटमा कक्षा ११को परिक्षा पालिका स्तरमा संचालन हुने

7
SHARES
15
VIEWS

कालीकोट । सरकारले एसइइ र कक्षा ११को परिक्षा स्थानिय सरकारले संचालन गरेर मुल्यांकन नम्बर पठाइदिए पछि परिक्षाफल सार्वजनिक गर्ने भनेको भएपनि कालीकोटमा भने कक्षा ११को परिक्षा संचालन गरिने भएको छ ।

जिल्लामा कक्षा ११को परिक्षा संचालनका लागि स्थानिय सरकारले बेग्ला बेग्लै परिक्षा संचालनको तयारी गरेका हुन । पचालझरना गाउँ पालिकामा दशै तिहारको विचमा परिक्षा संचालन गरिने भएको छ ।

पचालझरना गाउँ पालिकाको वडा न. १ मा रहेको सरस्वति माविका प्रधानध्यापक शंकर न्यौपानेका अनुसार पचालझरना गाउँ पालिकामा कक्षा ११को परिक्षा २० देखि २५ गतेको विचमा लिने तयारी भएको बताएका छन । उनले भने पालिका स्तरमा परिक्षा लिएर राष्टिय परिक्षा बोर्डमा उत्तरपुस्तिका पठाउने तयारीमा रहेको बताए ।

रास्कोट नगरपालिकाले पनि तिहार पछि कक्षा ११को परिक्षा संचालन गरिने बताएको छ । जनजागृति मा वि डुंग्रिडांडाका प्रधानध्यापक लक्ष्मि प्रसाद बरालले तिहार परिक्षा संचालन गर्न सुचना जारी गरेको बताएका छन । परिक्षा भने सुरक्षा कर्मिको उपस्थितिमा सम्बन्धित विद्यालयमा लिने जनाइएको छ ।

कक्षा १२को परिक्षा भने मंसिर ९ गते राष्टिय परिक्षा बोर्डले संचालन गर्ने अवगत गराईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित