आउने वर्षमा सडक र बिद्युत प्राथमिकतामा – वडा अध्यक्ष करविर वि क

7
SHARES
15
VIEWS

कालीकोट
बैशाख, भौगोलिक विकटताले पछि परेको पचालझरना गाउँ पालिका वडा न. २ खरकोट धमालिमा आउने आर्थिक वर्षमा सडक र विद्युतलाई पहिलो प्राथमिकतमा ल्याउने वडा अध्यक्ष करविर विकले बताउनु भएको छ । भौगोलिक विकटताले पछि परेका वडा न. १ र २ मध्ये शिक्षा र स्वस्थ्यमा सहज पहुंचमा ल्याउन सफल भएका वडा अध्यक्ष करविर विकले अबका दिनमा त्यहाँका समुदायका सडक र विद्युतलाई प्राथमिकतामा राखेर बजेट ल्याउनेमा आफुले जोड दिने बताउनु भएको छ ।

पर्यटकिय तथा धार्मिक क्षेत्रको प्रवद्धनमा समेत लागि परेको बताउदै अध्यक्ष विकले यस अघि कक्षा ८ सम्म शिक्षा आर्जन गर्ने कालिका आधारभुत विद्यालयलाई माध्यमिक शिक्षा हांसिल गर्न सफल रहनुका साथै विद्यालयका भौतिक संरचना निर्माण समेत गरिएको छ । वहांले भन्नु भयो यस वर्ष स्वस्थ्य इकाई भवन निर्माण गरी संचालनमा ल्याउनु पनि ठुलो उपलब्धि भएको बताउनु भएको छ ।

स्वस्थ्य इकाईको र वडा कार्यालयलाई निशुल्क जग्गा दान दिनु,एक घर एक धारा कार्यक्रमबाट स्वस्च्छ पिउने पानिको व्यवस्थापन गर्नु,नौमुले सिचाई कुलो र खयरकोट सिंचाई कुलो निर्माण गर्नु, घट्ट्गाड देखि पणेक्षा सम्मको सडक निर्माणको काम संचालनमा आइरहेको बताउनु भएको छ । वहांले कर्णालि संचार संग कुरा गर्दै आफुले वडा न. १ र २ मा रहेका धामिर्क क्षेत्र पचालोको उद्गम स्थल पेटारे ढुंगा,वडा भित्रका अन्य धार्मिक क्षेत्र र प्राकृतिक सम्पदाहरु चुलिमालिकाको फेदिमा रहेको नौमुले, बेडुलि झरना,दैत्यको खुट्टा काटेको मसिना,धनुषबांण ढुंगाको संरक्षणका लागि समेत लागि परेको बताउनु भएको छ ।

जनुयद्ध का समयमा राजनैतिक क्षेत्र हुंदै सैन्य क्षेत्रमा काम गर्दै आउनु भएका करविर विक(कल्याण) पचालझरना गाउँ पालिकाको नमुना वडाका रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनु भएको छ । आफुले जनताको मतलाई कदर गर्दै समावेसि ढंगले काम गर्दै आएको बताउनु भएको छ । वहांले वडामा विकास निर्माणका काममा विभिन्न निकायहरु संग सहकार्य गरेर अगाडी बढ्दा सहजता आएको बताउनु भएको छ ।

वडाको विकासलाई गाउँ पालिकाले समेत पहिलो प्राथमिकतामा राखेर लिएकोमा गाउँ पालिकालाई आभार प्रकट गर्दै लक डाउनको समयमा योजनालाई प्रभावकारी ढंगले संचालन गरेर सम्पन्न गर्न आफु लागि परेको वडा अध्यक्ष विकको भनाई रहेको छ । वडा अध्यक्ष करविर विक तत्कालिन नेकपा(माओवादी)बाट विजयि भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित