साहित्य क्षेत्रका हस्ति : शहिद हर्ष बहादुर शाही(प्रभात)

7
SHARES
15
VIEWS

कालीकोट । यस अघिको पलांता क्षेत्रमा पर्ने हालको पचालझरना गाउँ पालिका ८(साविकको नानिकोट ८ कोटिला) निवासि हर्ष बहादुर शाही(प्रभात)को जन्म २०२४ साल चैत्र १० गते बुवा नरबहादुर र आमा पुल्ति शाहीको कोखबाट जन्मिनु भएको हो ।

साहित्य क्षेत्रका महान व्यक्तित्वका रुपमा चिरपरिचत प्रभात एक मिलनसार,गम्भिर र हंसिलो स्वभावका धनि हुनुहन्थ्यो ।

२०४६ सालको जनआन्दोलनबाट प्रभावित हुनु भएका प्रभातको अर्धभुमिगत रुपमा नेकपा मशाल र खुल्ला रुपमा सयुक्त राष्ट्रिय जनआन्दोलन र पछि सयुक्त जनमोर्चा नेपालमा संगठित भएर २०४७ सालमा पार्टी सदस्यता पाउनु भएको प्रभात २०४८ सालमा पार्टीको एकता जिल्ला सम्मेलनबाट खडग बहादुर विक(प्रकाण्ड)को नेतृत्वमा गठन भएको जिल्ला समितिमा निर्वाचित हुनु भएको थियो ।

२०५१ साल सम्म जिल्लाको जिम्मेवारी पदमा रहनु भएको प्रभात अर्धभुमिगत रुपमा काम गर्नु भई २०५३ साल भाद्र १८ गतृे पूर्णकालिन भएर काम गर्नु भएको थियो । वहाँ त्यस पछि निम्नानुसार जिम्मेवारीमा रहेर काम गर्नु भएको थियो
२०५४ देखि २०५६ सम्म कालीकोट,अछाम र बाजुरा जिल्ला समिति सदस्य
२०५६सालमा हुम्ला जिल्लाको सेक्रेटरी
२०५९ सालमा भेरी कर्नालि बाट सेति महाकालि व्युरोको उपक्षेत्रिय सदस्यका जिम्मेवारी सहित बझाङ जिल्ला इन्चार्जको काम गर्नु भयो ।
हातमा क्यासियो र मादल सहित बोक्न रुचाउनु प्रभातले विभिन्न रचनाहरु गर्नु भएको थियो । वहाँका रचनाहरु हाम्रो कर्नालि,प्रजातन्त्र जोगाउनेले क्रान्तिकारी हो लड्दै जाउ, जुनिभरी कै हे दुखि आमा,युद्ध विराम किन हो किन हो,ज्वालामुखि फुट्ने बेला आदि रचनाहरु गर्नु भएको थियो । वहाँलाई नेकपा(माओवादी)पार्टीले पार्टी क्षेत्रिय व्युरा सचिवालय सदस्य,सेति महाकालि राष्टिय मुक्ति मोर्चा केन्द्रिय सदस्य,सेति महाकालि स्वायत्त जनसरकारका सदस्यका साथै अखिल नेपाल जनसांस्कृतिक संघको केन्द्रिय सदस्य र सेति महाकालिको संयोजकको जिम्मेवारी दिइएको थियो । वहाँलाई सांस्कृतिक अभियानलाई तिव्र पार्नका लागि सांस्कृतिक सैन्य कम्पनि चुलि र विशुको कमिशार भएर सशस्त्र जनमार्च अभियानको क्रममा २०६१ साल जेष्ठ ९ गते कैलालिको लम्कि स्थित कान्छि बजारमा स्थानिय तत्कालिन कांग्रेसि कार्यक्रताको सुराकी बाट निर्ममता पूर्वक लखेटेर हत्या गरिनु भएको हो ।

जिल्लाको एक कुशल नेता तथा दुरगामि लक्ष्य तथा देष्टिकोण भएका व्यक्तित्वको रुपमा क्षमतावान नेताको रुपमा लिन सकिन्छ ।वहाँको क्षतिले सिंगो कर्नालिलाई ठुलो असर तुल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित