जुम्लाको तातापानि मुख्य पर्यटकिय क्षेत्र

7
SHARES
15
VIEWS

कालीकोट । जुम्ला जिल्लामा रहेको तातापानि आन्तरिक तथा बाह्य पर्यटनका लागि मुख्या केन्द्र विन्दु रहेको छ । पछिल्लो समय तातापानिलाई व्यवस्थापन गर्दै गएपछि जुम्ला पुग्ने जो कोही आन्तरिक तथा बाह्य पर्यटकहरुले एक बास बसेर भएपनि तातापानिको अवलोकन गर्ने गरेका छन । तातापानि व्यवस्थापन समितिले शुल्कमा न्युनदर कायम गर्नु र तातापानिको विशेषता र पानिमा रातभर विताउदा हुने फाइदाका बारेमा स्थानिय छिमेकीहरुले अनिवार्य बास बस्ने गरेको व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अनुसार छिमेकी जिल्ला कालीकोट,मुगु,दैलेख लगाएतका जिल्लाबाट महिला तथा पुरुषहरुको सहभागिता हुने गरेको छ । कोरोना कहरले अस्ताएको तातापानिमा पछिल्लो समय पर्यटन विकास केन्द्र का अध्यक्ष नवराज बुढाको भनाई छ ।

जिल्ला बाहिरबाट रारा आउने पर्यटकहरु समेत तातापानि हेरेर जाने गरेका छन । यसका उचित व्यवस्थापनमा अभाव भएको पर्यटकहरुको भनाई रहेको छ ।साविकको कर्नालि अंचलका जुम्ला धामिर्क स्थल चन्दननाथ,खस भाषाको थलो सिंजा, तातापानि, मार्सिधान उत्पादन,स्याउ,सिमि,आलु लगाएतका हिसावले स्थापित रहेको छ । त्यसै गरी मुगुको रारा ताल,डोल्पाको शे फोक्सुण्डो ताल,कालीकोटको तिला गुफा र पचाझरना प्राकृतिक सम्पदाका हिसावले महत्वपूर्ण मानिदै आएका छन । जति प्रकृति सम्पदा भएको भएपनि बाटोका अवस्थाले गर्दा कठिन हुने गरेको बांके उद्योग वाणिज्य संघका अध्यक्ष चन्द अधिकारीले बताए ।

आफुहरु कालीकोट हुंदै जुम्ला र मुगु पुग्दा सम्म ज्यादै कठिनाई मोलेर गएकाले सिंगो प्रदेश सरकारको ध्यान नपुगेका प्रति उनको चिन्ता जागेको छ । सबै भन्दा पहिले बाटो बनाउनु पर्नेमा उनको जोड रहेको छ । अहिले जिल्ला बाहिरबाट कोरोना कहरका विचमा रारा हेर्न आउने पर्यटकको घुइचो लागेको छ ।
तातोपानी गाउँपालिकाले तातापानिको उचित व्यवस्थापन गरेर थप व्यवस्थित बनाउने तयारी थालेको गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेलेले बताएका छन ।

उक्त तातोपानिले बाथ लगाएतका रोग निको हुने गरेको विश्वास रहदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित