हिमचुलिका अध्यक्ष काली बहादुर महतारालाई पुत्रि शोक

7
SHARES
15
VIEWS

कालीकोट । लामो समय देखि मृगौला पिडित स्मृतिको प्रदेश अस्पताल सुर्खेतमा निधन भएपछि हिमचुलि कृषि सहकारी संस्थाका अध्यक्ष काली बहादुर महतारालाई पुत्रि शोक परेको छ ।

विगत ४ वर्ष देखि मृगौला कमजोर भएकी अध्यक्ष महताराको कान्छि छोरी स्मृति महताराको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । २०६५ सालमा जन्मिएकी स्मृति महताराको काठमाडौं कान्ति बाल अस्पतालमा उपचार हुदै आएको थियो ।

उपचारका लागि आर्थिक कठिनाइ भोग्दै आएका महतारालाई हिमचुलि कृषि सहकारी संस्था लि.का स्टाफहरु,विभिन्न शुभचिन्तकबाट सहयोग भएपछि उपचार भएको भएपनि कालीकोटमा फ्रिजमा राखेर हप्तामा एक पटक ४ हजार ५ सयको सुइ दिदै आएको भएपनि शनिबार विहान उपचारका लागि कर्नालि प्रदेश अस्पतालमा पुगाइ सके पछि आइसियुमा राखेको अवस्थामा निधन भएको हो ।

तिक्ष्ण दिमाग भएकी महतारा एस ओ एस बालग्राम सुर्खेमा कक्षा ६ मा अध्ययन गर्दै आएकी थिइन । मृतक स्मृति महताराको आमा अविसरा महतारा पनि विगत १३ वर्ष देखि मृगौला पिडित रहेको बताइएको छ ।

मृतक स्मृति महताराको आइतबार सुर्खेतको गिरीघाटमा दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित