बोक्सीको आरोपमा आफ्नै छोराद्वारा कुटिएकी ९० वर्षीया आमाको मृत्यु

7
SHARES
15
VIEWS

लहान ।  बोक्सीको आरोपमा आफ्नै छोराद्वारा निर्घात कुटिएकी ९० वर्षीया सुदामादेवी साह सोनारको मृत्यु भएको छ । दसैँको अर्को दिन सिराहाको कर्जन्हा नगरपालिका–३ की ९० वर्षीया सोनारलाई आफ्नै छोराले बोक्सीको आरोपमा कुटपिट गरेर मलमूत्र खुवाउने प्रयास गरेका थिए ।

छोराको कुटपिटबाट गम्भिर घाइते भएकी उनलाई सुरुमा उपचारका लागि जनकपुर लगिएको थियो ।  कुटपिटबाट उनको घाँटी थिचिएको र घाँटीको हड्डी मोडिएकोले ९० वर्षको उमेरमा हड्डीको सुधार हुँदैन भन्दै अस्पतालले डिस्चार्ज गरिदिएको थियो । बृद्धाको स्वास्थ्य अवस्था गम्भिर बनेपछि थप उपचारका लागि उनलाई सिराहा अस्पताल पुर्‍याए लगत्तै शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार आमालाई कुटपिट गर्ने कान्छो छोरा राम अवतार साहलाई पक्राउ गरी थप अनुसन्धान थालिएको छ । साहलाई मिर्चैया प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।

मृतक बृद्धाको शव सिराहा अस्पतालको शवगृहमा राखिएको र आइतबार पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नागेन्द्र प्रसाद यादवले बताए ।

मेसु डा. यादवका अनुसार बृद्धाको स्वास्थ्य अवस्था नाजुक भएको प्रहरीमार्फत् थाहा पाएपछि सिराहा अस्पताल ल्याउन भनिएको थियो । ‘अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउन नपाउँदै उहाँकाे गेटमै मृत्यु भइसकेछ’ डा. यादवले भने ‘बृद्ध उमेर, कुटपिटबाट घाँटीको हड्डी भाँचिएको कारणले मृत्यु भएको अनुमान गरिएको छ, यद्यपि पोष्टमार्टम गरेर त्यसको रिपोर्ट आएपछि मात्र यकिन भन्न सकिन्छ ।’

अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएकी बृद्धाको दुवै हातको औंठामा मसी लागेको पाइएको कर्जन्हा-३ का वडाध्यक्ष कपलेश्वर यादवले बताए । ‘कुटपिट गरी दुर्व्यवहार गर्ने कान्छो छोरा रामअवतारले १२ कात्तिकको राती ९ बजेतिर दोस्रो पल्ट उपचारका लागि जनकपुर लैजाने बेलामै बृद्धाको औंठा छाप लगाएको हुन सक्ने आशंका छ’ वडाध्यक्ष यादवले भने ‘बृद्धाको हकभोगमा रहेको करिब पाँच कठ्ठा ऐलानी जमिन हत्याउने उद्देश्य हुन सक्छ ।’

प्रहरी नायव उपरीक्षक पौडेलले भने मृतकको हातको औंठामा मसी लागेको विषयमा थाहा नभएको बताए । पतिको निधन पछि उनी एक्लै बस्दै आएकी थिइन् । दुई छोरा आ–आफ्नो परिवारसहित अलग रहेको र तीन छोरीहरुको विवाह भएपछि बृद्धा एक्लै बस्दै आएकी गाउँलेहरु बताउँछन् ।

११ कात्तिकमा रामअवतारले आफ्नी बुहारी मनिषा साह सोनारको खुट्टामा भएको घाउ निको बनाउन पहल नगरेको भन्दै आमाको घाँटी थिचेर कुटपिटसहित दुर्व्यवहार गर्नुका साथै मलमूत्र खुवाउने असफल प्रयास गरेका थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालले आमालाई कुटपिटसहित दुर्व्यवहार गर्ने छोरा रामअवतारलाई छानबिनका लागि नियन्त्रणमा लिएर अनुसन्धान जारी राखिएको बताए ।

# आजको नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित