कर्नालिमा मुख्यमन्त्रि शाहीका विरुद्ध अविश्वास ल्याउने दुई मन्त्रि हट्दै

7
SHARES
15
VIEWS

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेपछि काठमाडौंमा तरंग उत्पन्न भएको छ ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने मुख्यमन्त्री शाहीले दुई मन्त्रीलाई हटाएर नयाँ मन्त्रीहरू बनाउने तयारी गरेका हुन् । स्रोतका अनुसार शाहीले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली निकट मानिने दुई मन्त्रीलाई हटाउने तयारी गरेका छन् ।

ओली निकटका मन्त्रीहरू हटाएर शाहीले वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरूलाई मन्त्री बनाउन लागेको चर्चा छ ।

शाहीले ओली निकटका मन्त्रीहरू दल रावल र नन्दसिंह बुढालाई हटाउन खोजेको स्रोतको भनाइ छ । मुख्यमन्त्री शाहीले हटाउन खोजेपछि काठमाडौंमा तरंग उत्पन्न भएको हो ।

प्रधानमन्त्री ओलीले रावल र बुढालाई हतारमा राजीनामा नदिन निर्देश दिएको एक नेताले बताएका छन् ।

मन्त्री रावलले आइतबार सामाजिक सञ्जालमा भनेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पु¥याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।’

मुख्यमन्त्री शाहीले रावल र बुढालाई राजीनामा दिन दबाब दिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित