नेकपा फुटाउने प्रस्ताव ओलीको कि प्रचण्डको ?

7
SHARES
15
VIEWS

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र गम्भीर संकट उत्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालवीच कुराकानी नमिल्दा पार्टी एकतामा गम्भीर संकट उत्पन्न भएको हो । प्रधानमन्त्री ओली निकटका नेताहरुले प्रचण्डले प्रधानमन्त्री मागेको र प्रचण्ड निकटका नेताहरुले ओलीको पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै दुवै पक्षबीच आरोप प्रत्यरोप चलेपछि पार्टी फूटको संघारमा पुगेको एक स्थायी कमिटी सदस्यले बताए ।

दुवै पक्ष कुरा नमिलेपछि प्रचण्ड निवास खुमलटार र प्रधानमन्त्री निवास वालुवाटारमा दुवै पक्षका नेताहरुबीच भेटघाट चलिरहेका छन् । विहान प्रचण्डले आफूलाई अलग अलग हिड्न ओलीले प्रस्ताव गरेको भन्दै सचिवालका नेताहरुसँग भनेका थिए । दिउँसो ओली निकटका नेताहरुले प्रचण्डले प्रधानमन्त्री मागेपछि दुवै अध्यक्षबीच कुराकानी नमिलेको बताएका थिए ।त्यसपछि पार्टी एकता संकटमा परेको भन्दै महासचिव विष्णु पौडेलले सामाजिक सञ्जालमै पोष्ट गरेका थिए । अर्थमन्त्री समेत रहेका  पौडेलले नेकपा एकता जोगाउन नेता कार्यकर्तालाई अपील गरेका थिए । नेकपाको नेतृत्व तहमा गम्भीर संकट स्टाटस लेख्दै त्यस्तो अपील गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पार्टीको संकट नेतृत्व तहमा उत्पन्न भएको अन्तरविरोधका कारण उत्पन्न भएको संकेत समेत गरेका छन् । उनले पार्टीको अविभाज्य अस्तित्वमा बारम्बार प्रश्न उठेकोसमेत औँल्याएका छन् ।

‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी थियो । तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिवेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ’, उनले भनेका छन्  ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवं विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूलाई अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित