देउताले सुधारेको डोल्पाको नर्कु थरगाउँ

7
SHARES
15
VIEWS

डोल्पा । देवताप्रति आस्थाका कारण डोल्पाको एउटा गाउँमा मदिरा शून्य भएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका–६ को नर्कु थरगाउँ अहिले मदिरा पाइन छाडेको छ ।

स्थानीयवासिन्दा देवताप्रति आस्था गरी पूजातिर लागेपछि जाँड र रक्सीको उत्पादन तथा बिक्री वितरण नै बन्द भएको छ । यसरी मदिरा शून्य भएपछि गाउँ घर शान्त भएको छ ।

३३ घरधुरी भएको बस्तीमा कसैले मदिरा उत्पादन तथा सेवन गर्दैनन् । कुल देवता प्रतिको आस्थाका कारण दुई वर्षबाट गाउँमा मदिरा पाइन छाडेको स्थानीय पुजारी रामबहादुर बोहोराले जानाकारी दिए ।

यो गाउँमा पहिला मदिरा सेवन गर्ने, हो हल्ला गर्ने, घरमा दिनहुँ झै–झगडा हुने, विभिन्न घरेलु हिंसा हुन्थो । देवताले नै सबै रोक्न लगाएको भन्दै स्थानीयले मदिरा बनाउन र पिउन छाडेपछि अहिले गाउँ शान्त भएको वडा सदस्य मुनलाल बुढाले बताएका छन् ।

यो गाउँमा १३ जना धामी र १२ जना पुजारी रहेका छन् । क्षेत्रीको मात्र बसोबास रहेको बस्तीमा मदिरा शून्य भएपछि सामाजिक सदभाव राम्रो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित