दलित भित्र जातिय छुवाछुत कायमै

7
SHARES
15
VIEWS

मोरङ  ।  जातीय छुवाछुतलाई संविधान र कानुनले अपराध घोषणा गरेपनि नेपाली समाजमा यसको जरा गहिरिएर गाडिएको छ अँझै पनि । यो वा त्यो बहानामा विभेदका घटना भइरहेका छन् । मोरङको उर्लावारीमा दलित समुदाय भित्रकै विश्वकर्मा थरका एक परिवारले सानो जातको भन्दै परियार थरकी बुहारीलाई  सगोलमा  काजकिरिया गर्नबाट रोक लगाएका छन् ।

दश वर्ष अघि विश्वकर्मा थरका पुरुषसँग  विवाह गरेकी उर्लाबारी नगरपालिका २ सुनझोडा माइती भएकी ३० वर्षीया कोपिला बर्देवा (परियार)  श्रीमानको परिवारले  सगोलमा स्वीकार नगरेपछि अलग्गै घरमा बसेर ससुराको काजकिरिया बारिरहेकी छन् ।

उर्लावारी नगरपालिका ४ आइतबारेका नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेपाल दलित संघका केन्द्रिय  सदस्य ७० वर्षीय भीमराज गहतराजको १३ कात्तिकमा मृत्यु भएको थियो । गहतराजको मृत्युपछि उनका चार भाइ छोरा, बुहारीहरु र श्रीमती सगोलमा काजकिरियामा बसिरहेका छन् । तर, कान्छो छोरा दिवस गहतराज (३६) की कान्छी श्रीमती कोपिला बर्देवा (३०) लाई चाँही उनीहरुले सानो जातको भन्दै अभद्र व्यवहार गर्दै घर भित्र छिर्न दिएनन् ।

सगोलमा ससुराको काजकिरिया गर्न मुलघर पुगेकी कान्छि बुहारी कोपिलालाई परिवारले अभद्र व्यवहार गरेपछि उनी बक्राहा खोला किनारको अलग्गै घरमा एक्लै बसेर ससुराको काजकिरिया बारिरहेकी छन्  ।

कोपिलाका अनुसार  ससुरा भीमराजले बुहारी स्वीकार गर्दै बक्राहा खोला किनारको घर बस्नका लागि वर्षौं अघि नै  दिएका थिए । तर, राजनीतिक सक्रियता  र समाजसेवाका लागि उनी उर्लावारी नपा २ सुनझोडा स्थित माइतमै बस्दै आएकी थिइन् । श्रीमान दिवसले आफनो विहे भएको छैन भन्दै  कोपिलासँग दोस्रो विहे गरेका थिए ।

ससुराको असामहिक निधन भएपछि कोपिला श्रीमानसँगै सगोलमा काजरिया गर्न आइतबारे स्थित मुलघर पुगेकी थिइन् । तर, जेठाजु,सासु  र  जेठानीले अभद्र व्यवहार गर्दै ‘तँ को होस हामी तँलाई चिन्दैनौ’ भन्दै गालीगलौज र हातपात गर्दै सगोलको काजकिरियाबाट बञ्चित गराएको कोपिलाले बताइन् ।

स्नातक तहसम्म अध्यन गरेकी कोपिला नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ उर्लाबारी नगर कोषाध्यक्ष हुन् । उनलाई सगोलमा काजकिरिया गर्नबाट बञ्चित गर्ने  जेठाजु   दिनेश गहतराज दलित संघ उर्लाबारीका  नगर अध्यक्ष हुन् ।

जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार कसैले पनि जात, वर्ण, पेशाका आधारमा कसैलाई पनि विभेद गर्न पाइदैन । सार्वजनिक र नीजि क्षेत्रमा मात्र नभएर सामाजिक र  सांस्कृतिक कार्यमा जातीय विभेद र छुवाछुत गर्नेलाई  तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय र ५० हजारदेखी दुई लाख रुपैयाँ सम्म जरीवाना अनि पीडितलाई बिगो अनुसारको क्षतिपुर्तिको व्यवस्था छ ।

# आजको अन्नपूर्णमा खवर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित