खार्दुको रस्टिक स्टोरबाट फाइदा लिन पचालझरना अध्यक्ष सेजुवालको समुदायलाई आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनाको खार्दुमा रस्टिक स्टोर निर्माण भएको छ । क्याप्स कर्नालीको आर्थिक सहयोग तथा हुरुण्डेक कलीकोटको सहजीकरणमा उक्त रस्टिक स्टोर निर्माण भएको हो  ।

रस्टिक स्टोरका लागि ३५लाख ३८ हजार आठ सय २१ रुपैया ३५ पैशा लगानीमा सम्पन्न भएको हुरुण्डेक कालीकोटका उपाध्यक्ष बिरेन्द्र बुढाले बताएका छ्न ।उनका अनुसार  अनुकुलन कोष को आर्थिक सहयोग नेपाल सरकार बन तथा वातावरण मन्त्रालय /सयुक्त रास्ट्र संघीय बिस्व खाद्य कार्यक्रम को कार्यान्वयन मा र स्थानीय साझेदार सस्था मानव अधिकार तथा वातावरण बिकास केन्द्र ( हुरेन्डेक) नेपाल, कालिकोट को सामाजिक परिचालन सहयोग मा सन्चालित खाद्य सुरक्षा का लागि जलबायु परिबर्तन अनुकुलन (CAFs Karnali) परियोजना अन्तर्गत निर्माण गरिएको बताए ।

यस अघि पचालझरनामा हाइटेक नर्सरी सहित लघुउद्द्मका लागि भवन निर्माणका लागि सहयोग गर्दै आएको बताइएको छ ।

त्यसै गरी पचालझरना गाउँ पालिकामा कृषि सम्बन्धी सामाग्रीको सहयोग समेत गर्दै आएको बताइएको छ । रस्टीक स्टोर निर्माण भएपछि खार्दुका कृषि उत्पादित वस्तुको ब्यबस्थापन हुने कृषकहरु आशामुखी भएका छ्न ।

रस्टिक स्टोर निर्माण गरिएकोमा गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले आयोजक सस्थालाइ धन्यवाद दिदै उक्त रस्टिक स्टोर बाट समुदायलाई फाइदा लिन आग्रह गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित