अनुदानका सहकारी हराउदै नौला सहकारी मौलाउदै

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लामा सुपथ मुल्य पसलका लागि अनुदान लिएर संचालनमा भएका सहकारीहरु हराउने क्रम संगै स्थानिय निकायलाई दर्ताको अधिकार दिए संगै दर्ता हुने क्रम बढेको छ ।

२०६४ सालको पहिलो संविधान सभा पछि बनेको गणतान्त्रिक सरकारका अर्थमन्त्रि डा.बाबुराम भटराईको कार्यकालमा गाउँ गाउँमा सहकारी घरघरमा रोजगारी भन्ने नाराका साथ खोलिएका सहकारीहरु अधिकांस हराएको बताइएको छ ।

तत्कालिन समयमा जिल्लाका ३० गाविस मध्ये थिर्पु गाविस बाहेक २९ वटा गाविसमा एक लाखका दरले  विउ पुंजिका लागि २९लाख अनुदान रकम पाएका सहकारीहरुले करिव एक वर्ष सम्म सुपथ मुल्य पसल संचालनमा ल्याएपनि पछिल्लो समयमा आधा दर्जन सहकारीहरुले व्यवसाय परिवर्तन गरेको भएपनि अन्य सहकारीहरुले सुपथ मुल्य पसल संचालनमा ल्याएका छैनन ।

पछिल्लो समयमा एक दिनमा सहकारी दर्ता गर्ने र अनुदान लिने क्रम बढ्न थालेको छ । जिल्ला स्थित सबै भन्दा बढि कारोबार गर्ने हिमचुलि कृषि सहकारी संस्थाका व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले पछिल्लो समय झोले सहकारीले अनुदान पाउने तर लामो समय काम गर्दै आएका सहकारीहरुलाई बाइपास गरेको प्रति विरोध जनाएका छन । उनले सहकारी सम्बन्धि कार्यक्रम भएमा सहकारी दर्ता गराउन लगाएर अनुदान हुंदा सम्म कारोबार गर्न त्यसपछि त्यो सहकारी हराउने गरेको बताए ।
सुपथ मुल्य पसल संचालनका लागि लिएको रकमले सुपथ मुल्य पसल संचालन गर्दा स्थानिय व्यापारीहरु संगको प्रतिस्पर्धा र वस्तु उपलब्धतामा आएको कठिनाईका कारण सुपथ मुल्य पसलको व्यवसाय परिवर्तन गर्नु परेको पचालझरना १ का संजय चौतारी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष बर्म ऐडीले बताएका छन । उनले अहिले रेमिटान्स लगाएतको कारोबार शुरु गरेको बताएका छन ।

स्थानिय तहमा सहकारीहरुलाई व्यवस्थापन गर्नु पूर्व एकिकरणमा जोड दिनु पर्ने पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताए । सहकारी लगाएतका गैरसरकारी संस्थाहरुले मागि खाने भांडो नभई जनताको जिवन स्तर परिवर्तनमा जोड दिनु पर्ने बताए ।
जिल्ला सहकारी संघ लि.कालिकोटका अध्यक्ष काली बहादुर महताराले पहिलेका सहकारी सुपथ मुल्य पसलका लागि अनुदान लिएका सहकारीहरुको नियमन र व्यवस्थापनमा अभाव रहेको र राज्यले त्यसको लागि थप हेरफेर नगरेका कारण समस्या आएको बताए । पछिल्लो समयमा धमाधम स्थानिय तहले सहकारी दर्ता गर्ने अनुदान दिने तर नियमन नगर्न परिपार्टी बढेको बताए ।

यसका लागि काम गर्ने र नगर्ने सहकारीहरुको बर्गिकरण गरी व्यवस्थापनमा जोड दिनु पर्ने अध्यक्ष महताराको भनाई रहेको छ । कालीकोट जिल्लामा ४ सय बढि सहकारी दर्ता भएको भएपनि अहिले दुई दर्जन सहकारीहरु मात्र सक्रिय रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित