डोल्पामा आरडीटी पोजिटिभ देखियो

7
SHARES
15
VIEWS

डोल्पा/बैशाख,जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ८ मा रहेको कस्तुरी आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका एक व्यक्तिमा स्थानीय स्वास्थ्यकर्मीले यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार अहिले ल्याबसहितको एक टोली थप परीक्षणका लागि त्यहाँ पठाइएको बताए ।

‘क्वारेन्टाइनमा रहेका ति व्यक्तिमाथि शंका लागेर स्थानीय स्टाफ नर्सले आरडीटी जाँच गर्नुभएको थियो,’ प्रजिअ सुनारले भने, ‘अहिले हामीले ल्याब टेक्निसियन सहित पुर्नजाँचको लागि स्वास्थ्यकर्मी पठाएका छौं ।’

ती व्यक्ति नेपालगञ्जदेखि आएका व्यक्ति भएको बुझिएको छ । सुनारले थपे – ‘यहाँबाट गएको टिमले जाँच गरेपछि मात्रै भन्न सकिन्छ । त्यहाँ अहिले नेपालका विभिन्न जिल्लबाट आएका ३२ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

उनले केही समयमा यहाँबाट गएको टोलीले जाँच गर्दा पुनः देखियो भने मात्रै भोलि प्रदेश राजधानी वीरेन्द्रनगरमा पीसीआर जाँचका लागि स्वाब संकलन हुने बताए । सामाजिक सञ्जालमा कसले के लेख्छ भन्नेतिर ध्यान नदिई त्रसित नहुन उनले सबैलाई आग्रह गरे ।

कर्णाली प्रदेशमा अहिलेसम्म कोभिड १९ को कुनै संक्रमण भेटिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित