लिपुलेक हस्तक्षेपको विरोध गर्ने विद्यार्थि प्रहरी नियन्त्रणमा

7
SHARES
15
VIEWS

काठमाडौं/वैशाख,  बारम्बार विवादमा आएको लिपुलेकमा भारतले पटक पटक हस्तक्षेप गर्दै आएको छ । यस पटक कैलाश मानवसरोवर जाने सडक उद्घाटन गरेको खवर बाहिरिए पछि प्रगतिशिल नागरिकहरुले विरोध गर्न थालेका छन । यस सम्बन्धमा सरकारको आधिकारिक धारणा बाहिर आएको छैन । अहिले नेपालका विभिन्न क्षेत्रमा लिपुलेकको बारेमा विरोध चर्किन थालेको छ ।

नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ परेको छ ।

सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) सम्वद्ध अनेरास्ववियुले प्रदर्शन गर्न खोजेको थियो । विद्यार्थिहरुले भारतिय दुतावास नजिक नारा जुलुस गर्ने योजना रहेको भएपनि विचमै प्रहरीले नियन्त्रणमा लिएको हो ।

तर उत्तर ढोकामा जम्मा हुनासाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको विद्यार्थी नेता सुदेश पराजुलीले जानकारी दिए ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित