पचालझरना र रास्कोटमा कक्षा ११को परिक्षा शुरु

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पचालझरना गाउँ पालिका र रास्कोट नगरपालिकामा कक्षा ११को परिक्षा संचालन भएको छ । सरकारले कक्षा ११को परिक्षा स्थानिय तहले दिन पाउने भएपछि रास्कोट नगरपालिका र पचालझरना गाउँ पालिकामा आइतवार देखि परिक्षा शुरु भएको बताइएको छ ।

पचालझरना गाउँ पालिकाको वडा न.१मा रहेको सरस्वति माविमा सिकुमा पहिलो पटक सोही स्थानमा परिक्षा संचालन हुंदा सहजता आएको परिक्षार्थिहरुले बताएका छन ।सो विद्यालयका प्रधानध्यापक शंकर न्यौपानेका अनुसार कक्षा ११को परिक्षा आइतबार देखि शुरु गरिएको र कक्षा १२को परिक्षा मंगलवार देखि हुने बताएका छन । प्रधानध्यापक न्यौपानेका अनुसार सरस्वति माविमा १७ जना छात्र र २४ जना छात्रा गरी ४१ जना विद्यार्थिहरु सहभागि भएको तर ८ जना अनुपस्थिति रहेको बताए ।

त्यस भित्र छात्र १७ जना रहेको बताइएको छ । पचालझरना गाउँ पालिकाका शिक्षा शाखा प्रमुख नमराज शाहीले पचालझरनाका आठ वटा माविका दिउसो परिक्षा  शुरु भएको बताएका छन । अघिल्ला वर्षहरुमा होम सेन्टर परिवर्तन गरि परिक्षा लिदै आएको थियो ।

तिहार पछि पचालझरनाका सबै विद्यालयमा पढाई सुचारु भएको छ ।यस अघि पचालझरना गाउँ पालिकामा लकडाउनको लामो समय अवधिमा बन्द रहेका विद्यालयहरु भाद्र २० गते देखि सुचारु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित