पलातामा शिक्षक माथी चरम शोषण, आठ महिना देखि तलब पाएनन

7
SHARES
15
VIEWS

कालीकोट । निशुल्क शिक्षाको घोषणा गरेको जिल्लाको पलाता गाउँ पालिकाका शिक्षकहरु माथी चरम शोषण गरेको रहस्य खुलेको छ ।

त्यहाँका निजि स्रोत बाट काम गर्दै आएका शिक्षकहरुले चालू वर्षको भन्दा पनि गत आर्थिक वर्षको अन्तिम चौमासिक र चालू वर्षको अन्तिम चौमासिकको समेत तलब नपाउदा आज पलाता गाउँ पालिकाको शिक्षा शाखामा ज्ञापन पत्र बुझाएका छन ।

लामो समय तलब नपाएका शिक्षकहरुले तुरुन्त तलब पाउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएका हुन ।त्यहाँका शिक्षकहरुले निजि शिक्षक संघर्ष समिती गठन गर्दै बिरोध जनाएका हुन । पलाताका एक शिक्षकले भने पलाता जस्तो हरेक क्षेत्रमा निती विधि भन्दा पनि मनपरी मात्र रहेको बताए ।

शिक्षकले तलब नपाएको बिषयमा पलाता गापा अध्यक्ष लक्ष्मण बमले भने कोरोनाका कारण लक डाउन अर्थात बिद्यालय बन्द अवधी भर नपाउने अब कार्तिक देखि मात्र तलब पाउने बताए ।

कुनै बेला चर्चामा रहेका पलाता अध्यक्ष लक्ष्मण बमका पछिल्ला दिनमा गलत क्रियाकलाप बाहिर आउन थालेको स्थानीयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित