श्रीमतीलाई खुकुरी प्रहार गरेर हत्या

7
SHARES
15
VIEWS

झापा। शंका लागेकै भरमा झापाका एक पुरुषले खेतमा काम गरिरहेकी आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।

श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको दमक नगरपालिका–१ बस्ने ४७ वर्षीय चूडामणि भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

आइतबार साँझ भण्डारीले ३९ वर्षीया श्रीमती टिकादेवी पौडेललाई धान खेतमा काम गरिरहेको अवस्थामा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

त्यस्तै उनीसँग धान खेतमा काम गरिरहेका ३५ वर्षीय प्रकाश चन्द दाहाललाई खुकुरी प्रहार भएको छ । घाइते दाहालको दमकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमतीमाथि शङ्का लागेपछि खुकुरी प्रहार गरेको खुलेको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित