विप्लव निकट नेकपाको ७ औं पार्टी पुनरगठन दिवस संगै जिल्ला भेला

7
SHARES
15
VIEWS

कालीकोट । तत्कालिन नेकपा(माओवादी) हुदै बैद्य निकट नेकपा माओवादीका साथै विप्लव निकट नेकपा गठन भएको सातौ वर्षको अवसरमा कालीकोट जिल्लामा सामाजिक फासिवादको शसक्त प्रतिरोध गरौै भन्ने मुलनाराका साथ सम्पन्न गरेको छ ।

विप्लव नेतृत्वको नेकपा कालीकोटका जिल्ला इन्चार्ज कर्ण भण्डारी विराटको उपस्थितिमा पार्टी पुनरगठन दिवस संगै युवा संगठनको चौथो जिल्ला भेला सम्पन्न भएको जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदिपले बताएका छन ।

प्रतिबन्ध पछि भुमिगत शैलिमा राजनैतिक गतिविधि बडढाउदै आएको विप्लव नेकपाले देशभर पार्टी पुनरगठन दिवस तथा १९ औं जनमुक्ति सेना दिवस मनाएको छ । २०५८ साल मंसिर ८ गते आजकै दिन औपचारिक रुपमा छापामार बाट जनमुक्ति सेना नेपालको औपचारिक गठन भएको दिनमा विप्लव निकट नेकपाको पार्टी पुनरगठन गरिएको थियो । उक्त पार्टी गठन भएदेखि अहिले सम्म ११ जनाले ज्यान गुमाई सकेका छन भने सयौं नेता तथा कार्यक्रता जेलमा रहेका छन ।

शसस्त्र संघर्षको नारा अघि सारेको उक्त पार्टीले ग्रामिण क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ भने राज्यलाई चुनौति समेत दिदै आएका कारण विगत डेढ वर्ष देखि सरकार द्धारा विप्लव निकट नेकपा माथि प्रतिबन्ध लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित