क्रिकेट टोलीको कोरोना परीक्षण गरिंदै

7
SHARES
15
VIEWS

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि आज मंगलबार कोरोना परीक्षण गरिने भएको छ ।

बन्द प्रशिक्षणका लागि ना छनोट गरिएका २२ जना खेलाडीको कोरोना परीक्षण गर्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

क्यानले राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको बन्द प्रशिक्षण मंसिर १० गतेदेखि काठमाडौंमा सुरु गर्ने तयारी गरेको छ । आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई दृष्टिगत गर्दै क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्न लागिएको हो ।

खेलाडीहरुको पीसीआर परीक्षण कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान १० बजेबाट हुने छ । कोरोना परिक्षणपछि रिपोर्ट नेगेटिभ आउने खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा समावेश गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित