कालीकोट । पलांता गाउँ पालिकामा व्यापक भष्टाचार भएको भन्दै राप्रपा पलांताले १३ बुद्धे माग सहित जिल्ला प्रशासन कार्यालय कालीकोटमा ज्ञापन पत्र बुझाएको छ ।
पलांता गाउँ पालिका सरकार गठन भएदेखि हाल सम्म गरेका अहिले सम्मका विभिन्न काम कार्वाहीलाई समेटी १३ बुद्धे ज्ञापन पत्र बुझाइएको हो ।
राप्रविसंघका केन्द्रिय उपाध्यक्ष निराजन बम र राप्रपा कालीकोटका सचिव मदन रोकाया द्धारा हस्ताक्षतिर ज्ञापन पत्रमा सरकार द्धारा संचालन गरिएका यातायातका साधन देखि अन्य विकास नर्मिाणका काम कावार्हीमा विधि विधान भन्दा पनि मनोमानि तरिकाले अघि बढेको उल्लेख गरिएको छ ।
यस अघि पलांतामा सप्ताह व्यापि कार्यक्रम गर्दै पलांताका समुदायलाई सरकारले गरेका काम कार्वाहीको व्यापक विरोध गर्दै आएको थियो ।
Discussion about this post