कालीकोटमा बुलगारीको बहिर्गमन

7
SHARES
15
VIEWS

कालीकोट । पांच वर्ष सम्म स्थानिय स्तरमा शिक्षा,उद्यम र सिप विकासमा काम गर्दै आएको बुलगारी परियोजना कालीकोटबाट बहिर्गमन हुने भएको छ ।

२०१६ अर्थात २०७२ साल देखि २०२० अर्थात २०७७ साल सम्म काम गर्दै आएको भिडिसेफ नेपालको साझेदारीमा संचालन गरिएको उक्त परियोजना तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँ पालिकालाई उत्तरदायि बनाउदै बहिर्गमन भएको हो ।
जिल्लाका २ स्थानिय तहमा काम गर्दै आएको बुलगारी परियोजनाले शैक्षिक क्षेत्रमा कक्षा ८ देखि १० सम्मका विद्यार्थिहरुलाई शैक्षिक छात्रबृति,उपचारात्मक कक्षा र शैक्षिक सामाग्रि वितरण गरेको थियो भने १८ देखि २२ वर्षका युवहरुलाई उद्यम गर्न सहुलिएत कर्जाको व्यवस्थापन गर्नुका साथै सहकारी संस्थाहरु संगको साझेदारीमा सिप विका तालिम तथा स्याउको जाम,चिया पत्ति र लिटो उत्पादनमा सहयोग गरेको परियोजना अधिकृत भुपालसिंह बोहोराले बताए ।

कालीकोट जिल्लामा ३ सय २५ जना वालवालिकाहरुलाई वर्षरी सहयोग वापत ३४ लाख ६० हजार प्रदान गरिएको,एक हजार नौ सय अन्ठाउन्न जनालाई ५० स्थानमा १४ वटा माविमा उपचारात्मक कक्षा संचालन गरिएको समेत बताए । त्यसै गरी एक हजार आठ सय एक जना युवालाई उद्यम सम्बन्धि तालिम दिनुका साथै २ सय ४८ जना युवाले व्यवसाय संचालन गरेको बताइएको छ ।

त्यसै गरी एक सय ८४ जना वालवालिकालाई २ हजार देखि १० हजार सम्म बाल राहत प्रदान गरिएको छ भने कोभिड महामारीका समयमा ३७ जना युवा उद्यमिहरुलाई १ लाख ९९ हजार सहयोग गरिएको भिडिसेफ कालीकोटले बताएको छ । बुलगारी परियोजनाले जिल्लाका नरहरिनाथ गाउँ पालिका र तिलागुफा नगरपालिकामा दुई वटा सुचना केन्द्र निर्माण समेत गरेको छ । उक्त कार्यक्रमले जिल्लाको सबै भन्दा ठुलो व्यवसायिक सहकारी संस्था हिमचुलि कृृषि सहकारी संस्था लि. लगाएतका ३ वटा सहकारी संस्था संगको साझेदारीमा कार्यक्रम गर्दै आएको थियो ।

आगामी दिनमा तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँ पालिका सरकारलाई उत्तरदायि हुने गरी कार्यक्रम हस्तान्तरण गर्दै बुलगारी परियोजना बहिर्गमन भएको हो ।
बुधबार जिल्ला सदरमुकाम मान्ममा आयोजना गरिएको एक कार्यक्रमका सहभागिहरुले स्थानिय निकायले यस कार्यक्रमलाई लागु गर्न अपनत्व लिनु पर्नेमा जोड दिएका छन ।

यस कार्यक्रमलाई निरन्तरता दिनका लागि प्रत्येक गाउँ पालिकाले वालवालिका र युवाका क्षेत्रमा विशेष निति अवलम्बन गर्दै अघि बढ्नु पर्नेमा हिमचुलि कृषि सहकारी संस्था लि.का मुख्य व्यवस्थापक जगेन्द्र आचार्यले सुझाव दिएका छन भने बुलगारी परियोजना बहिर्गमन भएपनि यस कार्यक्रमलाई लागु गर्न सबै लाग्नु पर्नेमा गैसस महासंघ कालीकोटका अध्यक्ष विरेन्द्र बहादुर बढाले समेत जोड दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिर बहादुर विष्टले यस कार्यक्रमलाई निरन्तरता दिन स्थानिय तहको जिम्मेवारी भएकाले यसलाई लागु गर्ने प्रतविद्धता व्यक्त गरेका छन ।

आगामी दिनहरुमा कार्यक्रमको बुलगारी परियोजनाले दिएका राम्रा कामहरुको सिको गर्दै निरन्तरता दिनु पर्नेमा जोड दिदै वालवालिका तथा युवाका विषयमा आत्मनिर्भर बनाउनु पर्नेमा अनुरोध गर्दै भिडिसेफ कालीकोटका कार्यवाहक अध्यक्ष नेत्र देबकोटाले आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित