रास्कोटका परिक्षा केन्द्रमा स्वास्थ्य हेल्प डेस्क

7
SHARES
15
VIEWS

कालीकोट । देशभर संचालन भएको कक्षा १२को परिक्षामा स्वस्थ्य सर्तकता अपनाउन रास्कोटका परिक्षा केन्द्रमा हेल्पडेस्क राखिएको छ । कोरोना महामारीलाई ध्यान दिदै रास्कोटमा परिक्षार्थिहरुको स्वस्थ्य चेक जांच पछि परिक्षा संचालन गर्ने गरिएको हो ।

रास्कोट नगरपालिकामा रहेका ४ वटा माविमा हेल्प डेस्कसंचालन,शिक्षकलाई कोभिड मास्क र विद्यार्थिहरुलाई सर्जिकल मास्क वितरण गर्नुका साथै प्रत्येक कक्षा कोठामा सेनिटाइजरको व्यवस्थापन गरिएको रास्कोट नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रभुलाल न्यौपानेले बताए ।


शिक्षक र विद्यार्थिलाई मास्क,प्रत्येक कोठामा सेनिटाइजरका साथै प्रत्येक विद्यार्थिहरुलाई विहान स्वस्थ्य परिक्षण पछि मात्र परिक्षा केन्द्रमा प्रवेश गराउने व्यवस्था मिलाइएको छ । रास्कोटका ४ वटा मावि जनजागृति मावि फुकोट,बडिमालिका मावि स्युना, कालासिल्ला मावि गोर्खालिगाउँ र मोतिराम मावि सिपखानामा हेल्प डेस्क संचालन गरिएको छ ।


आफुहरुले कोरोना महामारीलाई मध्यनजर गर्दै उच्च सर्तकता अपनाउन विशेष पहल गरेको र प्रत्येक विहान स्वस्थ्य चेक जांच गरिएको र कोही विद्यार्थिलाई लक्षण देखिएमा उपचारका लागि व्यवस्थापन गर्ने र पछाडी परिक्षा दिने व्यवस्था गरिएको बताउदै शिक्षा शाखा प्रमुख न्यौपानेले रास्कोटका ४ वटा माविमा कक्षा ११को परिक्षा ७ गते देखि भएको र कक्षा १२को परिक्षा मंसिर ९ गते देखि संचालन गरिएकोमा सामाजिक दुरी कायम गर्दै परिक्षा संचालन गरिएको बताए ।

अहिले रास्कोटमा कक्षा ११ का २ हजार ५ सय १० जना र कक्षा १२का २ हजार ३ सय ३१ जना गरी जम्मा ४ हजार ८ सय ४१ जना परिक्षामा सहभागि भएको शिक्षा प्रमुख न्यौपानेले बताए । ४ वटै परिक्षा केन्द्रमा १ सय ६० जना निरिक्षक खटाइएको बताइएको छ ।

कालीकोट जिल्लामा कक्षा ११को परिक्षा पालिकाले पाएक पर्ने समयमा गरेका छन भने कक्षा १२को शिक्षा मन्त्रालयले तोके अनुसार गरिएको छ । कोरोना महामारीका कारण देशभर परिक्षा संचालन भइरहदा उच्च सतर्कता अपनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित