उद्योग वाणिज्य महासंघको साधारणसभा आजदेखि शुरू

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा आजदेखि शुरू हुँदै छ । ​

काठमाडौंमा हुने साधारणसभाको  प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी छ ।

गत चैतमै हुनुपर्ने साधारणसभा कोरोना भाइरस संक्रमण्को त्रासका कारण स्थगित भएको थियो । यो साधारणसभाले महासंघको नयाँ नेतृत्व पनि चयन गर्ने छ । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन स्थानमा मतदान हुने छ ।

काठमाडौंको प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुने छ ।

जिल्ला र नगर, एसोसिएट र वस्तुगततर्फका प्रतिनिधिले छुट्टाछुट्टै स्थानमा मतदान गर्ने भएका हुन् ।

मंसिर १२ गते भर्चुअल रूपमा नै बन्दसत्र सञ्चालन हुने र १३ गते बिहान ८ बजे मतदान शुरू हुने निर्वाचन समितिले जनाएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित