कालीकोट । तिलागुफाको राचुलिमा शनिबार बिहान आगलागी हुदा दलित वस्तिमा लाखौको धनमालमा क्षेती भएको किर्डाक नेपालका सुपरभाइजर धनिराम न्यौपानेले बताएका छन ।तिलागुफा नगरपालिकाको वडा नम्बर ४ राचुलिमा रहेको दलित वस्तिमा बिहान घरमा बलिरहेको आगोले ठुलो रुप लिएपछी ११ घरमा क्षेती भएको जिल्ला प्रहरी कार्यलय कालीकोटका सूचना अधिकारी भुपेन्द्र शाहिले बताएका छ्न ।उनका अनुसार उक्त स्थानमा के कति कारणले आगलागी भएको सो को बारेमा बुझ्न टोलि पठाइएको बताए । तिलागुफा नगर पालिकाकामा देबदारका काठ बाट बनाइएका घर भएकाले आगजनिको संभावना रहेको क्षेत्र हो ।
Discussion about this post