कालीकोटमा ३० वर्षको बदला नेपालि कांग्रेसले लिन्छ –कांग्रेस नेता भुपेन्द्रजङ्ग शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेपालि कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रिय महामन्त्रि भुपेन्द्रजंग शाहीले कालीकोटको विरासतमा नेपालि कांग्रेसले आउने निर्वाचनमा ३० वर्ष सम्म जित्न नसकेको चुनाव जितेर बदला लिने बताएका छन ।

नेपालि कांग्रेस रास्कोट नगरले आयोजना गरेको जनसभामा बोल्दै नेता शाहीले उक्त कुरा बताएका हुन । उनले २०४८ साल पछि कालीकोटमा कम्युनिष्टलाई विजयि गरेर पठायौं तर यस अवधि सम्म जनताका पक्षमा कुनै पनि काम नभएकाले जनताले अब कम्युनिष्टलाई हेर्न नचाहेकाले नेपालि कांग्रेसले जितेर नयां इतिहांस रच्ने दाबी गरेका  हुन ।

कार्यक्रमका प्रमुख अतिथि रहेका शाहीले नेपालमा शान्ति अमन चयन र विकासको रुपरेखा कोर्ने काम नेपालि कांग्रेसले गरेकाले आउने दिनमा जनताका विचमा गएर जनताका समस्याहरुलाइ बुझेर जनता सङ्ग भावना सांटा सांट गर्दै संगठन बलियो बनाउन कार्यक्रतालाई निर्देशन समेत दिएका छन ।

कार्यक्रमका विशेष अतिथि रहेका महासमिति सदस्य मोतिराज बमले कालीकोटको इतिहांसमा नेपालि कांग्रेसले विगतका निर्वाचनमा विजय नभएपनि आउने निर्वाचनमा ५ वटा स्थानिय तहमा विजयि गराउनमा नेपालि कांग्रेसका सबै तहका नेताहरुले विशेष जोड दिनु पर्ने बताए ।

कार्यक्रमा बोल्दै टेकराज शाही,मिनबहादुर बोगटी,मनराज शाही,दान बहादुर बम लगाएतका नेताले कम्युनिष्ट शासन व्यवस्थाको आलोचना गर्दै कम्यनिष्ट शासनकालमा कहिले नभएको अनौठा कामहरु भएकाले जनता वाक्क भइसकेको बताए ।

नेपालि कांग्रेसले पछिल्लो समयमा कोरोना महामारीका समयमा पनि गाउँ घरमा अभियान तिव्र पारेको छ ।

कालीकोटमा २०४८ सालमा निर्वाचनमा तिलक प्रसाद न्यौपानेले प्रतिनिधि सभामा निर्वाचन जिते पछि कालीकोटमा काङ्ग्रेसले कुनै पनि निर्बाचनमा जित हात पारेको छैन  । २०७४ को स्थानीय तहको निर्वाचनमा ८२ वटा वडा मध्ये १६ वटा वडामा  जित हात पारेको नेपाली काङ्ग्रेसले  महाबै गाउँ पालिकामा तत्कालीन नेकपा एमाले सङ्गको साझेदारीमा गाउँ पालिका अध्यक्ष मात्र जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित