कालीकोटका स्वास्थ्यकर्मी डाक्टर प्रजापती र महत सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । स्वास्थ्य क्षेत्रमा योगदान दिए बापत जिल्ला अस्पताल कालीकोटका डाक्टर बिज्ञान प्रजापती र जन स्वास्थ्य अधिकृत कटक महत सम्मानित भएका छ्न । कर्नाली प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले सम्मान गरेको हो । २०७६/०७७ को प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठीका क्रममा डाक्टर बिज्ञान प्रजापति र कटक महतलाई सम्मान गर्दै कदर पत्र प्रदान गरिएको हो । सम्मान गरेकोमा कर्नाली प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक डा रबिन खड्का लगायतलाई आभार प्रकट गर्दै कटक महतले कृतज्ञता प्रदान गरेका छ्न । महत उत्कृष्ट जनस्वास्थ्य अधिकृत र डाक्टर प्रजापती उत्कृष्ट चिकित्सकको रुपमा सम्मानित भएका हुन । महत कालीकोटमा बिगत ३१ वर्ष देखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छ्न । अहिले जिल्ला जन स्वास्थ्य कार्यलय कालीकोटका जनस्वास्थ्य अधिकृत छ्न भने उनी जिल्लाका सबै भन्दा बढी रक्तदान दिने भित्र पनि पर्दछ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित