हुम्ला । खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको अदानचुली–३ का देउलु रोकाया गम्भीर घाइते भएका छन् ।
मंगलबार साँझ आफ्नै घरमा खाना पकाइरहेको बेला वासर फुत्किएर पड्किएपछि नजिकै बसिरहेका रोकायाको टाउकोमा गम्भीर चोट लागेको छ ।
उनलाई थप उपचारका लागि बुधबार बिहान बाजुराको कोल्टी विमानस्थलबाट नेपालगञ्जमा लिइएको छ ।
Discussion about this post