कालीकोट । बिप्लव नेतृत्वको नेकपाका कालीकोट जिल्ला इन्चार्ज कर्ण भण्डारी (बिराट)ले एकीकृत जनक्रान्तिको कार्यदिशा सबैको साझा एजेन्डा भएको बताएका छ्न । उनले रास्कोटमा गरिएको पार्टीको आन्तरिक कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन । ग्रामीण स्तर सम्म योजना सम्प्रेषणको अभियानका क्रममा कार्यक्रताहरुलाइ पार्टीले जनयुद्ध दिवस र यस्का अवसरमा गरिने क्रियाकलापहरुको योजना अघि बढाउन अनुरोध गरिएको बताइएको छ ।
पार्टीको आन्तरिक कार्यक्रताको बैठकमा सहभागी कार्यक्रताहरुका बिचमा बिप्लव नेतृत्वका कालीकोटका सेक्रेटरी मनिलाल ऐडि (रणदिप) र सल्लाहकार समितिका सयोजक छत्र बम लगाएतका नेताहरुको उपस्थितिमा बैठक तथा प्रशिक्षण सम्पन्न भएको जिल्ला सेक्रेटरी मनिलाल ऐडिले बताए ।
उनका अनुसार एकीकृत जनक्रान्तिले नक्कली कम्युनिष्टहरुको पत्ता साफ हुने दाबी समेत गरिएको बताइएको छ ।
कालीकोट जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समयमा बिप्लव नेतृत्वको नेकपाका गतिबिधी बढीरहेको भन्दै सरकारले सुरक्षा सतर्कता बढाउन थालेको छ ।
Discussion about this post