आज देशभर अपांगता दिवस मनाइदै

7
SHARES
15
VIEWS

काठमाडौं । बिहीबार डिसेम्बर ३ तारिख २९ औं अन्तर्राष्ट्रिय अपांगता दिवस । सन १९९२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउन थालिएको हो । नेपालमा पनि यो दिवस मनाइँदैछ । अपांगता भएका व्यक्तिहरुको हक अधिकारका लागि यो दिवस मनाइँदै आइएको छ ।
सरकारले यस वर्ष ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता – अपांगता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नारा तय गरेको छ ।
कोरोना भाइरस महामारीको अवधिमा ४० प्रतिशत अपांगता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चितताका लागि जोड दिइएको छ ।
निजामती सेवामा कायम पाँच प्रतिशत अपांगता भएका व्यक्तिको सहभागितालाई संसदमा विचाराधीन निजामती कर्मचारी विधेयकबाट हटाइएको भन्दै आलोचनासमेत भएको छ ।
यसपालि अपांगता भाएका व्यक्तिहरुको सहज जीवनयापन र सहभागिताका लागि नीतिगत रूपमा वकालतलगायत विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय दिवस मनाइने राष्ट्रिय अपांग महासंघले जनाएको छ ।
महासंघले राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपांगता भएका व्यक्तिको समेत वास्तविक गणना गरी अपांगता भएका व्यक्तिको तथ्याङ्क सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित