गङ्गखेतमा बन्ने झोलुङ्गे पुलको अध्यक्ष सेजुवाल द्वारा सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको गङ्गखेतमा गाउँ पालिका अध्यक्ष खदगराज सेजुवालले झोलुंगे पुलको सिलान्यास गर्नु भएको छ ।  उक्त पुलको सिलान्यास गर्दै अध्यक्ष सेजुवालले जनतालाइ आवत जावतमा कुनै पनि कठिनाइ हुन नदिने बताउनु भएको छ । कर्नाली नदि वारपार गर्न कठिनाइ झेल्दै आएका पचालझरना २ का स्थानीयलाई सहजता हुने भएको छ ।

खरकोट र धमालिका बासिन्दाहरुले रास्कोट सम्म जान आउन सहजता हुने भएको हो । त्यहाका स्थानीयले  वडा न.१मा रहेको भात्तडी बाट आवत जावत गर्दै आएका थिए । सो पुल बन्ने भएपछी स्थानीयमा खुशियाली छाएको छ । गङ्गखेतमा पुलको साथै त्यस क्षेत्रमा डोजर मार्फत ट्याक्टर ल्याइएको छ ।

आज पचालझरनामा ट्याक्टर लिएको र अब देखि सामान ढुवानी गर्न सहज हुने गाउँ पालिका प्रबक्ता अनरुप रोकायाले बताउनु भएको छ । यस अघि कर्नााली वारीका बासिन्दालाइ यातायात सहज भएपनि अब  देखि समान ढुवानी गर्न सजिलो हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित