पिठ्युँको भारी हट्ने भयो पचालझरना बासिलाइ

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना बाशिको बर्षौ देखीको पिठ्युँको भारी हट्ने भएको छ । कर्नाली नदिमा पुल नबन्दा बनेको सडक भताभङ्ग हुन थाले सङ्गै स्थानीयमा आएको निराशालाई पचालझरना गाउँ पालिकाले पहिलो पटक कर्नाली नदिमा डोजर मार्फत ट्याक्टर पुगे पछि खुशियाली छाएको छ ।

आज डोजरले कर्नाली पार गरेर ट्याक्टर भित्र्याउने बित्तिकै पचालझरना ५ को बाझकोटमा ट्याक्टर पुगेको हो । पचालझरनाका सबै वडामा सडक बिस्तार भएपनी यातायातका साधन नहुदा कठिनाइ भएको थियो   । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले गाउँ पालिकामा पहिलो पटक ट्याक्टर पुगेको र सबै वडामा ढुवानी गर्न सडक स्तर उन्नतिको काम हुने बताउनु भएको छ ।

अध्यक्ष सेजुवालले आगामी दिनमा गाउँ पालिकामा एकै दिनमा आवत जावत गर्न सहज हुने बताउनु भएको छ । यस अघि खच्चरबाट  सामान ढुवानी हुँदै आएकोमा अब देखि त्यो समस्या हटेको छ ।  गाउँमा ट्याक्टर पुगाउन सफल भएकोमा पालिका सरकारलाई स्थानीयले धन्यवाद दिएका छ्न ।

त्यसै गरी कर्नालि नदिमा रास्कोटको गोब्रे – पचालझरना को गङ्गखेतमा झोलुङ्गे पुलको समेत सिलान्यास गरिएको छ ।

संघीय सरकारको सशर्त अनुदान ४० लाख र पचालझरना गाउँ पालिकाको ७ लाख ४९ हजार ३ सय नब्बे गरि  ४७ लाख ४९ हजार ३ सय ९०को लगानीमा उक्त पुल बन्ने भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित