कोरोनाका कारण नवौं राष्ट्रिय खेलकुद फागुनमा नहुने

7
SHARES
15
VIEWS

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समय फागुनमा नहुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो। खेलका लागि आवश्यक अधिकांश भौतिक पूर्वाधार तयार भए पनि कोरोनाभाइरस संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए।

प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्वीमिङ, सुटिङ र हकी बाहेकका पूर्वाधार निर्माण भइसकेका छन्। स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हकीको लागि जग्गाको खोजी भइरहेको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामै हुने र खेल कहिले हुने भन्नेबारे राखेपले छिटै निर्णय गर्ने सदस्य श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित