पचालझरनामा शिक्षामा कुनै पनि समस्या हुन नदिने — अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका  अध्यक्ष खडगराज सेजुवालले पचालझरनाका  कुनै वडामा शैक्षिक क्षेत्रमा समस्या आउन नदिने बताउनु भएको छ ।

पचालझरना को कालिका माबी खयरकोटको ४ कोठे भवनको उद्घाटनका क्रममा अध्यक्ष सेजुवालले पचालझरना का सबै वडामा माबी,टोल टोलमा बाल बिकास र साबिकका वडाहरुमा आधारभुत बिद्यालय संचालन भएकाले शिक्षा आर्जन गर्नमा कुनै कठिनाइ नभएको र हुन नदिने बताउनु भएको हो ।

पछिल्लो समयमा शिक्षामा सहजता भएको तर गुणस्तरमा चुनौती थपिएकाले शैक्षिक क्षेत्रका समस्या साझा समस्या हुन र तिनको समाधान शिक्षक,अभिभावक र समुदाय मिलेर मात्र संभावना रहेकाले सबैको ध्यान जानू पर्नेमा सरोकारवालाहरुले बताएका छ्न । उनिहरुले शैक्षिक समस्या समाधानका लागि ज्ञापन पत्र समेत पेश गरेको बताइएको छ ।

भवनको लागत ४२ लाख रहेको बिद्यालयका प्रधानध्यापक परेग कठायतले बताउनु भयो । सो कार्यक्रममा कर्नाली प्रदेश सभाका सचेतक कुर्मराज शाहिले समेत सम्बोधन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित