काठमाडौँ । धुम्बराहिमा शुरु भएको सचवालय बैठकमा प्रधानमन्त्रि तथा अध्यक्ष केपि शर्मा वलिको अनुपस्थिति विना बैठक शुरु भएको छ ।कडा सुरक्षा घेराबीच केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको हो ।
हल सानो भएकाले कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै प्रधानमन्त्री ओली उपस्थित नभएका बालुवाटार स्रोतले जनाएको छ ।
अहिले बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको छ । तर दुई अध्यक्षको सहमतिमा मात्रै बैठक बोलाउने अभ्यास रहेको छ ।
बैठकलाई मध्यनजर गर्दै धुम्बाराही पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ ।
बम डिटेक्टरसहित तालिम प्राप्त कुकुर तथा बाक्लै सुरक्षाकर्मी तैनाथ रहेका छन् ।बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरूमाथि छलफल हुनेछन् ।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नजाने अडान लिएका थिए ।
Discussion about this post