पचालझरनामा नेकपाको अभियान : काङ्ग्रेसको भ्रममा नपर्न नेताहरुको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पचालझरनामा नेपाली काङ्ग्रेसले छरेको भ्रममा नपर्न नेताहरुले आग्रह गरेका छ्न ।नेकपा पचालझरनाले आज सिकुमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेकपा प्रदेश कमिटी सदस्य तथा कर्नाली प्रदेश सभा सदस्य ( माननिय) कुर्मराज शाहिले अहिलेको अवस्था जनताको बिकास गर्ने समय भएकाले नेपाली काङ्ग्रेसले छरेको भ्रम उसैका लागि अभिसाप हुने बताउनु भएको छ ।

उक्त जनसभालाइ सम्बोधन गर्दै नेकपा कालीकोटका सचिवालय सदस्य,पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले केन्द्रिय राजनैतिक अवस्था फेरबदल भएपनि पचालझरनामा पुर्ब माओवादी र एमाले सङ्गै अघि बढ्ने बताउनु भएको छ ।

अध्यक्ष सेजुवालले पचालझरनामा तत्कालीन नेकपा माओवादीले मात्र जित हासिल गरेको भएपनी अहिले दुई पार्टीको एकता भएको बेला नेपाली काङ्ग्रेसले सत्ताको लागि  र्याल चुहाउनु बाहेक केही नहुने बताउदै सत्ता बिनाको नेपाली काग्रेश पानी बिनाको माछा जस्तै भएको दाबी समेत गर्नु भएको बताइएको छ । त्यसै गरि गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले अहिलेको स्थानीय सरकारले  जनअपेक्षा अनुसार काम भएको दाबी

गर्नु भएको छ । नेकपा पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिकले नेपाली काङ्ग्रेसका नेता मोतिराज बमलाइ चुनौती दिदै वडामा चुनाब लडेर जितेर देखाउन चेतावनी दिनु भएको छ ।

पार्टी अध्यक्ष पौरख बिकले पछिल्लो समय नेपाली काङ्ग्रेसले जनता भ्रम छर्दै सस्तो लोकप्रियता कमाउन खोजेको प्रती लक्षित गर्दै पचालझरना नेकपाको लालकिल्ल भएको दाबी गर्नु भएको छ ।

पचालझरना गाउँ कमिटीले गाउँ पालिकाका सबै वडामा अभियान संचालन गरिने र अन्तिममा गाउँ कमिटीको बैठक बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित