खार्दुमा रसिक स्टोरको अध्यक्ष सेजुवाल द्धारा अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले खार्दुमा बन्न लागेको रसिक स्टोरको आज अनुगमन गर्नु भएको छ ।

क्याप्स कर्नालि परियोजनाको सहयोग तथा हुरुण्डेक नेपालको सहजिकरण तथा पचालझरना गाउँ पालिकाको समन्वयमा निर्माण हुन लागेको रसिक स्टोर तथा सोलार डायरको काम तिव्र गतिमा गएको बताउदै आलुको संकलन तथा भण्डारणका लागि पचालझरना गाउँ पालिकाका खार्दुमा केन्द्र बनाइने बताउनु भएको छ ।

यस पचालझरना गाउँ पालिकाले खार्दुलाई पर्यटन गाउँ बनाउने योजना अघि सारेको थियो । पचालझरनाको काखमा रहेको खार्दु गाउँमा आलु, सिमी तथा स्याउ फलफुलका लागि उत्तम मानिदै आएको छ ।

उक्त गाउँमा सोलार डायरमा अहिले स्याउका चाना सुकाउने काम भएको छ भने रसिक स्टोरमा कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफुलको भण्डारण गरिने शिक्षक तुलराज कठायते बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित