पचालझरनामा ओलि कदमको विरुद्ध गाउँ गाउँमा भण्डाफोर

7
SHARES
15
VIEWS

कालीकोट । प्रधामन्त्रि केपि शर्मा वलिले संसद विघटन गरेकै दिन देखि पचालझरना गाउँ पालिकामा ग्रामिण वस्तिमा भण्डाफोर अभियान तिव्र पारिएको छ ।
संसद विघटनको दिनमा पचालझरना गाउँ पालिकाको वडा न. १ र २को खयरकोटमा एक सय ५० बढि कार्यक्रताको उपस्थितिमा विरोध ¥यालि सहितको अगुवा कार्यक्रता भेला मार्फत भण्डाफोर गरिएको थियो । त्यसै गरी पचालझरनाको वडा न. ३ खार्दुमा समेत विरोध सभा गरिएको छ ।
उक्त कार्यक्रममा नेकपा कालीकोटका सचिवालय सदस्य तथा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले अहिलेको अवस्थामा दुई तिहाइको बहुमत भएको नेकपाको सरकार वलिको हातमा जानु र त्यो कदम चाल्नु एउटै भएको बताउनु भएको छ । वहाँले ओलि कदम असंबैधानिक भएको भन्दै नेता तथा कार्यक्रतालाई संघर्षका लागि तयार रहन आग्रह गर्नु भएको छ ।
प्रचण्ड नेपाल पक्ष नै नेकपा भएकाले ओलिको भ्रममा नपर्न समेत अनुरोध गर्दै पार्टी केन्द्रले तय गरेका कार्यक्रम अनुसार अघि बढ्ने समेत जोड दिनु भएको छ । उक्त कार्यक्रममा नेकपा पचालझरना गाउँ कमिटिका अध्यक्ष पौरख विकले संविधान भन्दा बाहिर गएर चालिएको संसद विघठनको कदम गैरसंबैधानिक भएकाले तुरुन्त सच्याउनु पर्नेमा जोड दिदै पार्टीले बहुमतको सरकारबाट समाजबाद उन्मुख शासन प्रणलिको शुरुवात गरेको तर पार्टी भन्दा माथि केपि ओलिले रहेकाले कार्वाही हुनु पर्ने स्वभाविक भएको बताउनु भएको छ । कार्यक्रममा जिल्ला सचिवालय सदस्य चन्द्र बहादुर शाही, अनेमसंघका केन्द्रिय सदस्य तारा न्यौपाने तथा पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने,वडा अध्यक्ष लोकजंग कठायत,शिक्षक तुलराज कठायतको समेत सहभागिता भएको नेकपा पचालझरना वडा न. ३का पार्टी कमिटि अध्यक्ष गंग ऐडीले बताएका छन ।
खार्दुमा सयौं कार्यक्रताहरुका विचमा भएको कार्यक्रमले जनस्तरमा नेकपाको तर्फबाट जनतामा वास्तविक्ता बारेमा जानकारी गरिएकोमा स्थानियले केपि ओलिको हर्कत बुझ्न सफल भएका छन । पचालझरनाका अन्य टोलमा समेत भण्डाफोर तिव्र पारिने नेकपा पचालझरनाले जनाएको छ ।
केपि ओलिको कदमको कालीकोट सदरमुकाम मान्ममा दिनहुं जसो आन्दोलन भइरहेको छ । आन्दोलन तिव्र हुन थाले पछि जुम्लाबाट शसस्त्र पहरी बल र नेपाल प्रहरीको टोलि कालीकोटकमा थप गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित