प्रतिनिधिसभा विघटनबारे सर्वोच्च बारबाट एमिकस क्युरी मगाउने

7
SHARES
15
VIEWS

काठमाडौं,  पुस । प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयसँग लिखित जवाफ माग गर्ने प्रस्ताव गरेको छ ।

शक्रबार १२ वटा रिटमाथि एकसाथ सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले यस्तो प्रस्ताव गरेको हो । इजलाशले संसद् विघटन गर्नाको कारण पेस गर्न राष्ट्रपतिको कार्यालयलाई लेखी पठाउने र मन्त्रिपरिषद्को निर्णयको कपीसमेत मगाउने प्रस्ताव गरेको छ ।

इजलासले यो मुद्दालाई अग्राधिकारमा राख्दै सर्वोच्चले चाँडो टुंग्याउनसमेत रिट निवेदकहरूँग प्रस्ताव गरेको छ ।

यही मुद्दामा थप छलफल आवश्यक भएको भन्दै सर्वोच्चले नेपाल बार एसोसिएसन र सर्वोच्च बारबाट एमिकस क्युरी मगाउनेसमेत प्रस्ताव गरिएको छ । दुवै बारबाट तीन–तीन जनाको एमिकस क्युरी मगाउने प्रस्ताव गरिएको छ ।

एमिकस क्युरी अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञको टिम हो ।

इजलासले आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्‍याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमिकस क्युरी) को रूपमा झिकाई निजको राय लिन सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित