कालीकोटमा जनयुद्धका शहिद कुन ठाउँमा कति ?

7
SHARES
15
VIEWS

कालीकोट । २०५२ सालमा थालनि भएको नेपालि जनयुद्धमा कालीकोट जिल्लाबाट सयौंको संख्यामा वलिदानि दिएका सपुतहरुको आफन्तले केवल १० लाख राहत बाहेक अरु केही हुन सकेको छैन । तत्कालिन नेकपा (माओवाी) केन्द्र २०५२साल फागुन १ गते संखघोष भएको जनयुद्धका कर्नालिका दुरदराजमा भने छिटो फैलिएको थियो । सदियौं काल देखि दमन थिचो मिचो र केन्द्रिय शासनबाट प्रताडित कर्नालिमा जनयुद्धको प्रभाव २०५३ साल देखि शुरु भएको हो । उक्त समयमा अन्यायको विरुद्ध लाग्नु पर्छ भनेर रोल्पा रुकुमबाट टोलिका टोलि कर्नालि लागेका ति युवाहरुको गर्जनमा कर्नालि होमिएको हो । सोही समयमा नेपालको कान्छोे कान्छो जिल्ला कालीकोटमा कर्नालिका ५ जिल्ला मध्ये शुरुवातमा प्रभाव परेको थियो ।

जनयुद्धको शुरुवात देखि हाल सम्म सबै भन्दा माथिल्लो तहका जिम्मेवारीले रगत बगाएका छन जसमध्ये हर्ष बहादुर शाही(प्रभात) सेति महाकाली व्युरो सदस्य तथा सांस्कृतिक महासंघका केन्द्रिय सचिवालय सदस्य हुनु हुन्थ्यो । त्यसै गरी अमर बहादुर विक(यौद्धा) र कमलराज ष्टि(यौद्धा) विग्रेड कमाण्डर हुनुहुन्थ्यो भने जनम बराल(संग्राम) अनेरास्ववियु(क्रा)का केन्द्रिय सदस्य सजवालय सदस्य र सेति महाकालीको संयोजक समेत हुनु भएको थियो ।

विश्वनाथ योगि(प्रतिक) जिल्ला सचिवालय सदस्य तथा कर्नालि राष्टिय मुक्ति मोर्चाको संयोजकको जिम्मेवारी पाउनु भएको थियो । पुष्प न्यौपाने(इन्द्रजित) कालीकोट अछाम बाजुरा जिल्ला सचिवालय सदस्य समेत रहनु भएको थियो भने बाजुरामा कार्यरत रहदै बाजुराको वर्ग संघर्षको उठानमा लाग्दै गर्दा कालीकोटमा तत्कालिन प्रहरीले लखेटेर हत्या गरेको थियो । जनयुद्धको थालनि भएको माल्कोट जहां समाजमा उचनिच र शोषण दमनबाट नेकपा(माओवादी)ले नेतृत्व गरेकोा जनयुद्धमा सहभागि हुने अवसरबाट ति वस्ति उठ्न सफल भएका थिए ।

                                                                     पचालझरनामा निर्माण भएको शहिद स्तम्भ

स्थानियले सरकारको दमन सहन नसकि २०५४ साल चैत्र २६ गते विथलडांडामा प्रहरीलाई लखेटेर पहिलो पटक राइफल खोसेका थिए ।
जनयुद्धका समयमा कालीकोट जिल्लाका ३० गाविस मध्ये शहिद नभएको कालिका(मु्रगाह) बाहेक सबै गाविसमा शहिद भएका छन । जस मध्ये सबै भन्दा बढि कोटबाडामा ३८ जना,दोस्रो माल्कोटमा ३४ जना र तेस्रो फुकोटमा २५ जनाले बलिदान दिएका थिए ।

अहिलेको स्थानिय सरकारले जनयुद्धका शहिदहरुको सम्झनामा सालिक तथा स्मृति भवन बनाउन थालेको छ । कालीकोट जिल्लाको पचालझरना गाउँ पालिकाले मात्र गाउँ पालिका भित्रका जनयुद्धका क्रममा ज्यान गुमाएका शहिदहरु हर्ष बहादुर शाही(प्रभात) लगाएतका ११ जनाको सालिक निर्माण गरेको छ भने रास्कोट नगरपालिकाले जनयुद्धका शहिदहरुको सम्झनामा शहिद स्मृति भवन बनाउने र शहिदहरुको विवरण राख्न लागिएको बताइएको छ ।

त्यसै गरी महावै स्थित ओदानकुमा १ जना शहिदको मात्र सालिक बनाइएको छ । अन्य स्थानिय तहले भने जनयुद्धका शहिदहरुको नाममा कुनै पनि निशाना बनाएका छैनन् ।
राज्यद्धारा मारिएका जनयुद्धका शहिद कुन स्थानिय तहमा कति ?
१.नरहरिनाथ गाउँ पालिका ः १३०
२.सान्नित्रिवेणि गाउँ पालिका ३८
३.रास्कोट नगरपालिका ५०
४.पचालझरना गाउँ पालिका ४७
५.खांडाचक्र नगरपालिका ४७
६.तिलागुफा नगरपालिका ५०
७.महाबै गाउँ पालिका २२
८.शुभकालिका गाउँ पालिका २४
९. पलांता गाउँ पालिका १५
जम्मा ४२३ जना
राज्य द्धारा वेपत्ता पारिएका
१.खांडाचक्र नगरपालिका २
२.रास्कोट नगरपालिका १
३.शुभकालिका गाउँ पालिका १
४.सान्नित्रिवेणि गाउँ पालिका ४
५.नरहरिनाथ गाउँ पालिका २
जम्मा १० जना
पछिल्लो समयमा कर्नालि प्रदेश सरकारले जनयुद्धका शहिद,वेपत्ता तथा घाईते अपांगको व्यवस्थापन,उपचार र अन्य सहयोगका लागि कार्यंविधि बनाएको छ । त्यस कार्यविधि मार्फत केही न केही समस्याको समाधान हुने जनयुद्धका शहिद परिवारले गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित