कालीकोटमा प्रचण्ड माधव पक्ष बलियो, प्रचण्ड माधव पक्ष १ सय २५ ,ओलि समुह २४ जना मात्र

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा कालीकोटमा प्रचण्ड माधव पक्ष बलियो देखिएको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १ सय ४९ सदस्य रहेको जिल्ला कमिटिमा  पक्षिय २४ जना मात्र रहेका छन । प्रचण्ड माधव पक्षको भने १ सय २५ जना रहेको दावि गरिएको छ ।हाल कायम रहेको जिल्ला कमिटि सदस्यहरुमा आजको भेलाको सहभागिताका हिसावले जिल्ला कमिटि सदस्यहरुमा ८४ प्रतिशत प्रचण्ड माधव पक्षको रहेको पाइएको छ ।

आइतवार आयोजना गरिएको नेकपा कालीकोटको प्रचण्ड माधव पक्षिय जिल्ला भेला तथा बैठकमा सहभािगहरुले स्थानिय तहहरुमा भएका गतिविधिका बारेमा राखिएको रिर्पाेटमा नगर तथा गाउँ कमिटिका अध्यक्ष तथा सचिवहरुले राखेको रिर्पाेटका आधारमा स्थानिय स्तरमा प्रचण्ड माधव नेपाल पक्षिय वलियो रहेको दावि गरिएको छ ।

जिल्ला भेलामा सहभागि कर्नालि प्रदेश सभाका सचेतक तथा प्रदेश सांसद कुर्मराज शाही लगाएत प्रदेश कमिटि सदस्यहरुका साथै जिल्ला कमिटि सदस्यहरुको सहभागितामा भएको भेलामा खांडाचक्र नगरपालिकाको नगर कमिटि अध्यक्ष तुलराज मल्ल,नरहरिनाथ गाउँ कमिटि अध्यक्ष टेक बहादुर बुढा, महावै गाउँ कमिटि अध्यक्ष खडक सिंह,रास्कोट नगर कमिटि सचिव दयाराम सिमखाडा ओलि पक्षिय रहेका छन भने अन्य नगर तथा गाउँ कमिटिका अध्यक्ष सचिवहरु प्रचण्ड माधव पक्षका देखिएका छन ।

त्यसै गरी स्थानिय सरकारका प्रमुखहरुमा ओलि पक्षमा खांडाचक्र नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डे र महावै गाउँ पालिका उपाध्यक्ष मनराज शाही मात्र रहेको बताइएको छ । आज भएको जिल्ला भेलाले कालीकोटमा केन्द्रले तोकेका संघर्षका कार्यक्रमहरुलाई सफल पार्न लागि पर्ने निणर्य भएको बताइएको छ ।

१४ गतेको जिल्ला स्तरिय प्रदर्शनिमा कर्नालि प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको उपस्थिति रहने बताइएकोे छ । पछिल्लो समयमा ओलि र प्रचण्ड माधव नेपाल पक्षमा कित्ता छिनोफानो नगरेर ढुलमुलमा रहनेको संख्या पनि निकै रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित