छाउपडि विरुद्ध पचालझरनाका महिलाहरु

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा छाउपडि प्रथाका विरुद्ध महिलाहरु एक जुट भएका छन । महिलाहरुमा हुने रजश्वला तथा छाउपडिको बारेमा पचालझरना गाउँ पालिकाका ग्रामिण क्षेत्रमा जनचेतना मुलुक कार्यक्रम शुरु गरिएको छ ।

आज पचालझरना गाउँ पालिकाको वडा न. २ धमालिमा आयोजना गरिएको कार्यक्रममा स्थानिय स्तरमा व्यापक मात्रामा छाउपडि र छुवाछुत व्यापक भएकाले यसका लागि चेतना मुलक कार्यक्रम लागु गर्नु पर्नेमा सहभागिहरुको जोड रहेको छ ।

महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा पचालझरनाका प्रमुख राज्लक्ष्मि रावतले छाउपडिका समयमा खाने कुरा बार्ने र अलग बस्नु गलत भएको बताउदै सरसफाइमा ध्यान दिनु पर्ने बताएकी छन ।

सहभागिहरुले छाउ हुंदा सरसफाइ गर्ने कन्जुस्याइ हुने हो भने गोठ बस्नु पर्ने अबस्था आएको बताएकी छन । त्यसै गरी स्थानिय महिला अगुवा मर्मा तिरुवाले आफु धामिको घरपरिवारको भएपनि आजको कार्यक्रमबाट स्पष्ट भएकाले आफु पनि छाउपडी विरुद्धमा लाग्ने बताएकी छन । उनले भनिन आफुले घरमा बुहारीलाई घर बाहिर नराख्ने बताएकी छन ।

जनप्रतिनिधि तुला तिरुवाले महिलाहरुले आफुले सरसफाई गर्ने हो भने अरुलाई दोष दिन नहुने बताएकी छन ।

शिक्षिका सविता कठायतले सबैभन्दा अगाडि लागेकि महिला जनप्रतिनिधि कर्मचारी भएकि महिलाले सुधार गर्नु पर्नेमा जोड दिदै पढे लेखे कि बुझेकि महिला ले खाना खाने हुन भने अरु नि यिनिहरु को देखेर यिनिहरुलाई केही नहुने भनेर हामी पनि खाउ सोच्थिन अनि सबै ले दहि दूध महि खाने अवस्था आउने बताएकी छन ।

शाखा प्रमुख रावतले पचालझरनाका सबै वडाहरुमा नेतना मुलक कार्यक्रम गरिएको र वडा न. ५ र ८ मा निकट भविष्यमा कार्यक्रम गर्ने बताएकी छन ।

उक्त कार्यक्रममा ९३  जना बढि स्थानिय महिलाहरुको सहभागिता रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित