कालीकोटमा संसद विघटनका विरुद्ध कांग्रेसको प्रदर्शन

7
SHARES
15
VIEWS

कालीकोट । प्रधानमन्त्रि केपि शर्मा ओलिले संसद विघटन विरुद्ध देशभरमा गरेको विरोध संगै कालीकोटमा विरोध र्यालि सहित जनप्रदर्शन गरेको छ ।

नेपालि कांग्रेस कालीकोटले आज दिउसो मोटर साइकल र्यालि सहितको बजार परिक्रमा पछि सभालाई सम्बोधन गर्दै केपि ओलिको दम्भका कारण लोकतान्त्रिक संविधान माथि कुठाराघात गरेको आरोप लगाएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालि कांग्रेसका नेता भुपेन्द्र जंग शाहीले अहिले नेपालमा दुई तिहाई बहुमत लिएको कम्युनिष्टले जनमतको दुरुपयोग गरेको बताए । नेपालमा कम्युनिष्ट सरकारले विगत देखि हाल सम्म कुनै पनि प्रगति नगरेको बताउदै अहिलेका प्रधानमन्त्रि ओलिे आफैले बनाएको संविधान माथि लात हानेकाले सबैले एक भएर ओलि कदमका विरुद्ध संघर्ष गर्नु परेको बताए ।

जिल्ला सदरमुकाम मान्ममा आयोजना गरिएको कार्यक्रमा निर्वाचन क्षेत्र ख का सभापति दमन शाही,प्रदेश सभाका प्रत्यासि उम्मेद्धार टेकराज शाही,महिला नेतृ धर्मा शाही लगाएतका नेताहरु नेपालि कांग्रेसले मात्र नेपालको भलो चाहेको कम्युनिष्टहरुले देश बर्वाद पारेको आरोप लगाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित