युवा विद्यार्थि द्धारा कालीकोटमा मसाल जुलुस

7
SHARES
15
VIEWS

कालीकोट । प्रधानमन्त्रि ओलिले संसद विघटन गरेको दिन देखि दिनहुं हुने गरेको विरोध प्रदर्शनमा आज नेकपा(प्रचण्ड माधव) पक्ष आवद्ध युवा विद्यार्थिहरुले जिल्ला सदरमुकाम मान्ममा मसाल जुलुस गरेका छन ।

यस अघि विरोध र्यालि,सिटी जुलुस, मोटरसाइकल र्यालि गर्दै आएका अनेरास्ववियु र राष्टिय युवा संघले सयुक्त रुपमा मसाल जुलुस गरेर विरोध जनाएका हुन । अनेरास्ववियु कालीकोटका संयोजक मनसिंह शाहीका अनुसार पार्टी केन्द्रले आयोजना गरेको १४ गतेको जनप्रदर्शनको पूर्व सन्ध्यामा मसाल जुलुस गरिएको बताएका छन ।

जिल्ला सदरमुकाम मान्ममा मंगलबार नेकपा प्रचण्ड माधव पक्षको जनप्रदर्शन को कार्यक्रम रहेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस अघि नेकपा(प्रचण्ड माधव पक्षले जिल्ला भेला गरी बहुमत जिल्ला सदस्य आफुहरु संग रहेको बताउदै केपि ओलि पक्षधर जिल्ला सचिव नगेन्द्र शाही र कार्यलय सचिव दान बहादुर शाहीलाई कार्वाही गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित