अब नेकपाको बैंक खाताको पैसा रोक्का हुने

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फुटपछि एक अध्यक्ष, महासचिव र माइनुट एउटा पक्षसँग छ । केपी शर्मा ओली पक्षले महासचिव र माइनुट आफूहरुसँग रहेको बताउँदै आइरहँदा प्रचण्ड–माधव नेपाल पक्षले आफूहरुसँग बहुमत केन्द्रीय सदस्य रहेको तर्क गरिरहेको छ । यसरी दुवै पक्षले नेकपाको आधाकारिकता खोजिरहेका छन् ।

यसैबीच नेकपाको बैंक खाता पनि ओली पक्षको पकडमा गएपछि प्रचण्ड–नेपाल पक्षले पार्टीको बैंक खाता रोक्का गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरेको छ।

देशभर पार्टीको खातामा रहेको सम्पूर्ण बचत रोक्का गर्न सो पक्षले पत्राचार गरेको हो । ‘राष्ट्र बैंकको निर्देशनमा खाता बन्द गर्ने वा रोक्का गर्नेसम्बन्धी कुनै मापदण्ड नरहेकाले सो निर्णय बैंकहरुले स्वयम् गर्नेछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल आर्थिक कारोबारसम्बन्धी विवादमा बैंक खाता रोक्का नै सबैभन्दा सहज र उत्तम उपाय भएको बताउँछन् ।

स्रोतका अनुसार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन बैंकर्स संघका पदाधिकारी तथा सदस्यहरुबीच यस विषयमा टेलिफोनमार्फत छलफल भएको थियो ।

स्रोतले इन्जिनियर्स पोस्टसँग भन्यो, ‘बैंकले निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छ । त्यसैले यस सम्बन्धमा विवाद आउँदा बैंक खाता रोक्का नै सबैभन्दा उत्तम उपाय हो ।’

अब नेकपाको आधिकारिकता कता भन्ने टंगो नलागेसम्म बैंक खाता रोक्का नै हुनेछ । अब नेकपाको दुवै पक्षले बैंक खाताको प्रयोग गर्न पाउने छैन ।

नेकपाका नाममा बैंक खाताहरु देशव्यापीरुपमा कहाँ–कहाँ छन् भन्ने पूर्ण जानकारी नभए पनि मुख्य खाता ओली पक्षले प्रयोग गर्नसक्ने अवस्था प्रचण्ड–नेपाल पक्षले देखेको थियो ।

अब निर्वाचन आयोगबाट पार्टीको नाम र चुनाव चिन्हबारे र अदालतको फैसला नआएसम्म खाता रोक्का हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित